Comments Add Comment

फेसबुकमा कस्ता फोटो शेयर गर्छन सेलीब्रेटी ?

मुम्बई । सामाजिक सञ्जाल फेसबुक पछिल्लो समय निकै लोकपि्रय भएको छ । आमसर्वसाधारणमा यसको क्रेज बढ्दै गएको छ । फेसबुकका भित्तामा उखान, तुक्का र गाली गर्नेहरुको जमात पनि कम छैन ।

तर, यहि फेसबुक हो कतिपय सेलीब्रेटीले आफ्ना प्रसंसकहरुसँग सम्बन्ध बिस्तार गरिरहेका छन् भने बजार बढाइरहेका छन् । बलिउडका सेलीब्रेटीले कस्ता तस्बिर पोष्ट गर्छन् भन्नेमा ‘टाइम्स अफ इण्डिया’ केही जानकारी दिएको छ । हेरौं कसले कस्ता तस्बिर पोष्ट गर्दा रहेछन् ।

kim-2
किमको उत्तेजित तस्बिर

अभिनेत्री किम कार्दासिनले आफ्नो फेसबुक पेजमा हिउको छेउमा बालुवामाथि उभिएको तस्बिर पोष्ट गरेकी छिन् । कामुक तस्बिरकै कारण पटक-पटक चर्चामा आएकी किमको पछिल्लो तस्बिर पनि दर्शकलाईर् उत्तेजित बनाउने खालको छ ।

केही दिन अघि पोष्ट भएको शाहिद कपुरको किशोर अवस्थाको तस्बिरले निकै चर्चा पायो । एक साथीलाईर् अंगालो मारेर हाँसिरहेका शाहिदले उक्त तस्बिरमा माछाड्रेस लगाएका छन् ।

सलमानले आर्ट गरे

छेउमा कफिको गिलास राखेर आर्ट गर्दै गरेको तस्बिर पोष्ट गरेका छन् सलमान खानले । प्रसिद्ध क्रिकेट खेलाडी सचिन तेण्डुलकरले भान्सामा भण्टाको परिकार बनाउँदै गरेको तस्बिरलाई धेरैले मन पराए ।

आक्रामक सन्नी

फेसबुकमा सबै भन्दा धेरै तस्बिर पोष्ट गर्ने हिरोइनको रुपमा चिनिन्छन् सन्नी लियोनी । फिल्म एवं विज्ञापनको सुटिङमा गएपछि दर्शकका लागि भन्दै उनले आफ्ना उत्तेजक तस्बिर पोष्ट गर्ने गरेकी छिन् ।

रातो पोशाकमा सजिएर फोटोग्राफरलाई पोज दिएको मात्रै हैन कण्डमको विज्ञापन सुटिङ गर्दाको तस्बिर समेत पोष्ट गरेकी छिन् उनले । नायिका परिणती चोपडाले केटासाथीसँग अंगालो मारेर दुबईको समुन्द्रमा डुबुल्की मार्दै गरेको तस्बिरले पनि राम्रै चर्चा पायो ।
sunny
अमिताभको साइकलयात्रा

सामाजिक सञ्जालमा निकै सक्रिय अमिताभ बच्चनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हात मिलाउर्दै गरेको तस्बिरले निकै चर्चा पायो ।  उनै बच्चनले हिन्दी चलचित्र ‘पिकु’ को कलकत्तामा सुटिङ हुँदै गर्दा सडकमा साइकल चलाउदै गर्दाको तस्बिर पोष्ट गरेका थिए । उनको साइकल यात्रालाई पनि धेरैले मन पराएका थिए ।

बच्चाको बाबु बने लगत्तै नायक ऋतेश देशमुखले श्रीमति जेनेलिया डि सुजा र आमासँगै बसेको तस्बिर पोष्ट गरे ।

मल्लिकाको हट पोज

‘डर्टी पोल्टिक्स’ मा काम गरेपछि चर्चामा आएकी मल्लिका शेरावत अहिले फेसबुकमा हट तस्बिर राखेर बजार बढाउँदैछिन् । हिन्दी फिल्म ‘बेबी’ को सुटिङ हुँदाताका अक्षय कुमारले अनुपख खेरलाई निधारमा चुम्बन गरेको तस्बिर पोष्ट गरे । शाहरुख खानले कान्छो छोरा अब्रामले गालामा चुम्बन गर्दै गरेको तस्बिरवाट निकै धेरै चर्चा पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment