Comments Add Comment

नयाँ संविधान नआएकोमा दुःखी छन् अमेरिकामा बस्ने नेपाली कलाकार

विजय थापा/अनलाइनखबर

संविधानसभाले तोकेको मिती ८ माघमा नयाँ संविधान जारी नभएकोमा प्रवासमा रहेका कलाकार दुःखी छन् । विभिन्न कामको सिलसिलामा अमेरिका पुगेका नेपाली कलाकारहरुले सयमा संविधान नबनेकोमा दलहरुप्रति रोष समेत ब्यक्त गरे ।

सयममै संविधान आएको भए देश उँभो लाग्थ्यो कि भन्नेमा आशावादी रहेकी तिनै कलाकार आशावादी पनि छन् ।

saroj khanal

टिकट रद्ध गरेँ : सरोज खनाल:  आठ माघमा नयाँ संविधान जारी भएको भए संभवत यति बेला सरोज खनाल नेपाल आइपुगेका हुन्थे । संबिधान बन्ने आशमा नेपान उड्ने टिकट काटेका खनालले संविधान नबनेपछि टिकटै रद्द गरेको बताए ।

‘संविधान बनेको भए केही दिन नेपाल गएर रमाईलो गर्ने मन थियो ।’ उनले भने । अहिले अमेरिकामै रहेका हाँस्य कलाकार किरण केसीले जाँगर हराएको कुरा गरे । ‘संविधान समयमा नबनेपजि जाँगर हराउँदो रहेछ ।’ अनलाइनखबरसँग कुरा गर्दै केसीले भने ।

डेढ महिनाको लागि अमेरिका पुगेका अभिनेता जीवन लुइँटेलले पनि संबिधान नआएकोमा दुःखी छन् । उनलाइ चिन्ता छ फेरि शान्ति प्रकृया बिथोलिने हो कि भन्नेमा । ‘संसारभर कहिँ नभएको गाइ जात्रा हाम्रो नेपालमा मात्रै हुँदो रहेछ ।’ उनले आक्रोश पोखे ।

नेताहरुले घिनलाग्दो खेल खेले : ओम बिक्रम बिष्ट

पप सम्राट ओम बिक्रम बिष्टलाई पनि संबिधान नआउदा दुःख लागेको छ । समयमा संविधान नआउनुलाई उनी नेपालीको बिडम्बना मान्छन् । नेताहरुले कुर्सिका लागि घिन लाग्दो खेल खेल्दा संविधान नआएको आरोप लगाए ।jeevan-usha

जनताको घर जाने बाटै बन्द गरे नेताले : मिरा राणा

अमेरिकाको डिसी क्षेत्रमा संगीत पाठशाला खोलेर बसेकी गायिका मिरा राणाले नेताहरुकै बदमासीका कारण संबिधान नबनेको टिप्पणी गरिन् । समयमा संविधान नबनाएर नेताहरुले जनताको घरमा जाने बाटै बन्द गरेको टिप्पणी गरिन् उनले ।

तिलहरी, देउकी, दाजुभाई, पछ्यौरी जस्ता थुप्रै चलचित्र निर्देशन गरेका बेनु प्रधानलाई पनि तोकिएकै मितीमा संविधान नआउदा नमज्जा लागेको छ । जनताले दिएको अवसर नेताहरुले गुमाए भन्न पनि पछि परेनन् उनी ।

गायक कर्णदास दलका नेताहरु ब्यक्तिगत स्वार्थवाट माथि उठ्न नसकेको टिप्पणी गर्छन् । गीतकार लिलु गुरुङ निराश नहुन आग्रह गर्छिन् ।
तर, नायिका उषा पौडेललाइ निकै दुःख लागेको रहेछ । संविधानसभा भवनमा भएको कुर्सि तोडफोडले ‘भाइ फुटे गवार लुटे’ को सन्देश जाने हो कि भन्नेमा चिन्ता ब्यक्त गरिन् उनले ।

दलहरु विच एक अर्काको खुट्टा तान्ने प्रवृत्ति भएकाले संविधान नबने जस्तो लागेको छ निर्देशक शंकर घिमिरेलाई । शंकरकी पत्नी नायिका ऋचा घिमिरे बहुमतले देशको बारेमा नसोचेसम्म संबिधान नबन्ने धारणा राख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment