Comments Add Comment

आर्मीले जित्यो सिमरा गोल्डकपको उपाधि

१० माघ, काठमाडौं । मोफसलको सर्वाधिक पुरस्कार राशीको सिमरा गोल्डकप फुटबलको उपाधि नेपाल आर्मीले जितेका छन् ।

शनिबार भएको फाइनल भिडन्तमा अर्को विभागीय टोली पुलिसलाई २-० ले पराजित गर्दै आर्मीले ४ लाख पुरस्कारसहित ट्रफी उचालेको हो । पुलिसले भने २ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

स्थानीय सिमरा रंगशालामा भएको खेलमा आर्मीले १५ औं मिनेटमा टंक बस्नेतको गोलबाट अग्रता लिएको थियो । बराबरी गोल फर्काउने पुलिसको प्रयास पहिलो हाफमा सफल हुन सकेन ।

खेलको ७७ औं मिनेटमा नवयुग श्रेष्ठले आर्मीको अग्रता दोब्बर पारे । लगतै पुलिसले पेनाल्टी पायो । तर, अजित भण्डारीले गोल गर्न सकेनन् ।

खेलमा थप गोल भएन र आर्मीले २-० को जितका साथ उपाधि उचालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment