Comments Add Comment

कस्तो होला १२ बर्षपछि बन्न लागेको करिश्माको फिल्म ?

काठमाडौं । १२ वर्षपछि अभिनेत्री करिश्मा मानन्धर फिल्म निर्माणमा फर्किदैछिन् । १२ वर्षअघि रमेश बुढाथोकीको निर्देशनमा ‘बाबु साहेब’ बनाएकी करिश्माको फिल्म फ्लप भयो । त्यसपछि उनी नेपाली फिल्मवाट केही समय टाढा रहिन् ।

तत्कालिन समयमा ७० लाख खर्च गरेर बनाएको फिल्म असफल भएपछि अमेरिका गएकी करिश्मा ६ वर्षपछि पुनः नेपाल फर्किएकी थिईन् ।karisma-sexy
बाँकी जीवन नेपालमै बिताउने योजना बनाएकी करिश्माले अहिले पनि केही विज्ञापन र फिल्ममा अभिनय गरिरहेकी छिन् । विषयबस्तु हेरेर मात्रै अभिनय गर्ने धारणा राख्ने कश्मिा आफुले बनाउने फिल्म पूर्ण ब्यबसायिक हुने दावी गर्छिन् ।

घर परिवारकै कथा भएको फिल्म नेपाली दर्शकले रुचाएको अनुभव गरेकी करिश्माले बनाउने फिल्ममा पनि यस्तै बिषय समावेश हुनेछन् ।

नाम सार्वजनिक नगरिएको उनको फिल्मको निर्देशन सम्झना रौनियारले गर्ने भएकी छिन् । मुख्य भुमिका करिश्माकै रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment