Comments Add Comment

रोनाल्डोलाई रातो कार्ड

Red Card for Ronaldo

११ माघ, काठमाडौं ।विपक्षी खेलाडीलाई मैदानमा लात्ति र मुड्की हानेपछि बालोन डि’ओ विजेता क्रिष्टियानो रोनाल्डोले रातो कार्ड पाएका छन् ।

स्पेनिस ला लिगा अन्तरगत शनिबार राति भएको खेलको ८३ औं मिनेटमा कोर्डोबाका जोसे इन्जेल क्रेस्पोलाई अनुहारमा हानेका थिए ।

लगतै रेफ्रीले उनलाई रातो कार्ड दिए । रोनाल्डोको करियरमा यो नवौं रातो कार्ड हो । यद्यपि खेलपछि उनले घटनाका लागि माफी मागेका छन् ।

खेल १–१ गोलको बराबरीमा रहेको अवस्थामा रोनाल्डो निकै निराश थिए । गोल गर्ने प्रयासमा रहेका उनले कोर्डोबाका खेलाडी फ्रागाको तिघ्रामा किक हाने । आफ्नो पोष्ट नजिक फ्रागो लडेपछि रोनाल्डो आक्रोसित भए ।Cristiano Ronaldo

फ्रागालाई फल गरेको भन्दै विरोध गर्न आएका जोसे इन्जेल क्रेस्पोले पछाडिबाट रोनाल्डोलाई हल्का धेकेले । त्यही झोकमा रोनाल्डोले उनको अनुहारमा मुठ्कीले हिर्काए ।

Red Card for Ronaldo 1

लगतै उनले रातो कार्ड पाए । उनीमाथि ३ खेलको प्रतिवन्ध लाग्न सक्नेछ ।

यद्यपि खेलको ८९ औं मिनेटमा ग्यारेथ बेलले गरेको पेनाल्टी गोलको मदतमा रियल २–१ ले विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment