Comments Add Comment

विज्ञान र गणितका शिक्षक पाउनै महाभारत

११ माघ, डोटी । कानाचौर गाविस-५ धौलाबस्तीमा रहेको कानाचौर माध्यमिक विद्यालयले माध्यमिक तहको गणित र विज्ञान विषयको शिक्षकका लागि २५ मंसिरमा पहिलोपटक १५ दिने सूचना प्रकाशन गर्‍यो । समयसीमामा कुनै पनि दरखास्त नआएपछि थप सात दिनका लागि विज्ञापन गरियो । फेरि पनि कसैको दरखास्त आएन । यसपटक सो विद्यालयले फेरि १५ दिनको सूचना जारी गरेको छ ।

school_teacher5शैक्षिकसत्र सकिन अब केही महिना मात्र बाँकी छ । तर, जिल्लाका धेरै विद्यालयमा अझै गणित र विज्ञानका शिक्षक छैनन् । यस्तो अवस्थाले एसएलसी दिने विद्यार्थी सबैभन्दा धेरै समस्यामा परेको नयाँ पत्रिकामा खबर छ ।

एसएलसी सुरु हुन जम्माजम्मी दुई महिना मात्र बाँकी रहँदा शिक्षक नपाएपछि आफूलाई अभिभावकले समेत गाली गर्न थालेको कानाचौर मावि व्यवस्थापन समिति अध्यक्ष बमबहादुर बमले बताए । उनले शिक्षक खोज्नकै लागि निकै प्रयास गरे पनि असफल भएको बताए । ‘हाम्रो विद्यालयका लागि शिक्षक खोजिदिनुहुन म जिल्ला शिक्षा कार्यालयलाई अनुरोध गर्दछु ।’ अध्यक्ष बलमे भने, ‘तीनपटक विज्ञापन गर्दासमेत कोही आएनन् त हामी के गरौं ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment