Comments Add Comment

२४ सै घन्टा बिजुली !

११ माघ, काठमाडौं । सर्वसाधारणको घरमा दैनिक १४ घन्टाका दरले अधोषित लोडसेडिङ भइरहेका बेला हेटौंडा-वीरगन्ज कोरिडरमा नेपाल विद्युत् प्राधिकरणले अनधिकृत रुपमा उद्योगहरुमा २४ सै घन्टा बिजुली आपूर्ति गरेको खुलासा भएको छ ।
All about light: from bulbs to artप्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेको नेतृत्वमा प्राविधिक टोलीले शनिबार हेटौंडा क्षेत्रका उद्योगमा गरेको आकस्मिक निरीक्षणका क्रममा तीनवटा ठूला उद्योगले अनधिकृत रुपमा चौबीसै घन्टा बिजुली लिइरहेको पाइएको अन्नपूर्ण पोस्टमा खबर छ ।

काफ्लेका अनुसार शिवम् सिमेन्ट, हेटौंडा सिमेन्ट र त्रिवेणी स्पिनिङ मिलले अनधिकृत रुपमा बिजुली लिएकाले कारबाही गरिएको छ ।

त्रिवेणी स्पिनिङ मिलले ६६ केभीको प्रसारण लाइनबाट डाइरेक्ट ट्यापिङ गरेकाले उक्त उद्योगको लाइन काटिएको काफ्लेले बताए । उसले प्राधिकरणको अनुमतिबिना प्रसारण लाइनबाटै सीधै जोडी ६ मेगावाट बराबरको बिजुली चौबीसै घन्टा उपयोग गर्दै आएका थिए । अनधिकृत रुपमा विद्युत लिनुलाई विद्युत चुहावट नियन्त्रण ऐनअनुसार चोरी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment