Comments Add Comment

मेस्सी र नेयमारको दुई गोल, स्वरेज बेन्चमा

Barcelona

११ माघ, काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडमाथि दबाव कायमै राखेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ६–० गोल अन्तरले पराजित गरेको छ । लिओनल मेस्सी र नेयमारले दुई दुई गोल गरे । वर्थ डे ब्वाइ लुइस स्वरेजलाई भने बन्चमा राखिएको थियो ।

अर्को खेलमा रियल मड्रिडले कोर्डोबालाई २–१ ले पराजित गरेको खेलमा क्रिष्टियानो रोनाल्डोले भने रातो कार्ड पाए

जितपछि बार्सिलोना२० खेलबाट ४७ अंकका साथ दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको रियल मड्रिडको ४८ अंक छ ।

इल्चेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३५ औं मिनेटमा जेरार्ड पीकेको गोलबाट अग्रता लिएको थियो ।

बाँकी ५ गोल भने दोस्रो हाफमा भयो । ५५ औं मिनेटमा मेस्सीले पेनाल्टी गोल गरे । ६९ र ७१ औं मिनेटमा मेस्सीको पासमा नेयमारले गोल गर्दै बार्सिलोनालाई ४–० को अग्रता दिलाए । ८८ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे ।

अन्तिममा नेयमारको पासमा पेड्रोले गोल गरेपछि बार्सिलोना ६–० ले विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment