Comments Add Comment

सोलुखुम्बुमा बिजुली फालाफाल

११ माघ, सल्लेरी । देशका अन्यत्र विद्युतको चरम अभाव छ तर सोलुखुम्बुमा भने उत्पादन भएको धेरै विद्युत उपभोग हुन सकेको छैन ।

No-lightसदरमुकाम दूधकुण्ड नगरपालिका तथा पर्यटकीय बजार नाम्चेमा उत्पादन गरिएको विद्युत र दुर्गम गाउँहरुमा लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युत त्यत्तिकै खेर गइरहेको गोरखापत्रमा खबर छ ।

सल्लेरी च्याल्सा जलविद्युत कम्पनी प्रालिका निमित्त महाप्रवन्धक रामेश्वर मास्केका अनुसार कम्पनीबाट उत्पादन भएको ६ सय ५० किलोवाट विद्युत मध्ये बिहान ६ देखि ९ र साँझ ६ देखि ९ बजेसम्मबाहेक अन्य समयमा मुश्किलले दुई सय ८० किलोवाट विद्युत खपत हुन्छ । यस अनुसार दैनिक १८ घण्टा यहाँको तीन सय ७० किलोवाट विद्युतलाई उपभोग गर्न सकिएको छैन ।

त्यस्तै, ६ सय ३० किलोवाट क्षमताको खुम्बु कम्पनीबाट उत्पादन भएको विद्युत पर्यटक आउने मुख्य समय ६ महिना ‘पिक आवर’ बाहेकको समयमा बढीमा ५० प्रतिशत मात्र उपभोग हुन्छ । पर्यटक कम आउने समयमा अत्यन्त कम मात्र विद्युत उपयोग हुने खुम्बु विद्युत कम्पनीका लेखा अधिकृत पेम्बा शेर्पा बताउँछन् । नाम्चेमा उत्पादन हुने ठूलो मात्राको विद्युत पनि खेर गइरहेको छ ।

उता, ग्रामीण वस्तीहरुमा उत्पादन भइरहेको विद्युत पनि पूर्णतया उपभोग भएको छैन । ४२ किलोवाट क्षमता भएको फुलवात्तीखोला लघु जलविद्युत आयोजना, छेस्कामबाट उत्पादन भइरहेको विद्युत मुश्किलले १६ किलोवाट उपयोग हुने गरेकिो छ ।

त्यस्तै, ८८ किलोवाट क्षमताको भुवाखोला जलविद्युत आयोजना, बुङको विद्युत २२ किलोवाट जति मात्र प्रयोगमा आएको छ ।

जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका २० भन्दा बढी लघु जलविद्युत आयोजनाले उत्पादन गरेको विद्युत पनि ठूलो मात्रामा खेर गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment