Comments Add Comment

एफ ए कपमा चेल्सी र सिटीको अप्रत्यासीत हार

Bradford

११ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेका चेल्सी र म्यानचेष्टर सिटी एफ ए कप फुटबलबाट बाहिरिएका छन् ।

शनिबार राति भएको चौथो चरणको खेलमा प्रिमियर लिग लिडर चेल्सी लिग वान क्लब ब्राडफोर्ड सिटीसँग ४–२ ले स्तभ्ध भएको छ ।

ग्यारी काहिलले २१ र रामिरेजले ३८ औं मिनेटमा गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । तर, ब्राडफोर्ड सिटीले उत्कृष्ट पुनरागमन गर्यो ।

४१ औं मिनेटमा स्टेडले गोल गर्दै चेल्सीको अग्रता २–१ मा झारे । बाँकी ३ गोल भने दोस्रो हाफको अन्तिमतिर भएको थियो ।

७५ औं मिनेटमा मारिसले बराबरी गोल फर्काए भने ८२ औं हलिडेले गोल गर्दै टीमलाई ३–२ को अग्रता दिलाए । खेलको अन्तिममा येट्सले गोल गरेपछि ब्राडफोर्ड सिटी ४–२ को जित हात पार्न सफल भयो ।

अर्को खेलमा मिडिल्सब्रोले म्यानचेष्टर सिटीलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment