Comments Add Comment

मज्जाले हाँस्नुका १० फाइदा

lafing-finalहँसमुख रहनु अर्थात् हाँस्नु सरीरका लागि फाइदाजनक हुने कुरा हामीले सुनकै वा महसुस गरेकै कुरा हो । वैज्ञानिकहरुका अनुसार हाँस्नु सरीरको स्वास्थ्यका लागि सबैभन्दा उत्तम औषधि तथा व्यायाम हो । चिकित्सकहरुले विरामी मानिसहरुलाई समेत हाँस्न सल्लाह दिन्छन् । हाँसोले जिउको दुखाई समेत कम हुन्छ । हाँस्ने भन्ने बित्तिकै ठूलो आवाज निकालेर अट्टहास गर्नैपर्ने होइन, मुस्कुराहट वा मन्द हाँसो समेत पर्याप्त हुन्छ । विज्ञहरुका अनुसार हाँस्नुका फाइदा यस्ता छन्-

१. अध्ययन अनुसार मुस्कुराहटले मानिसको मुटुको चाल वा धड्कनलाई सन्तुलित बनाउन मद्दत गर्छ । हाँसिरहने मानिसको आयु खासै हँसमुख नहुनेको
भन्दा ६ वर्ष बढ्ने बताइएकेा छ ।

२. तनावलाई कम गर्नमा मुस्कुराउने वा हाँस्ने कामले उर्जावर्धक चिजको काम गर्छ । मुस्कुराउँदा सरीरमा एन्डोफिर्न हर्मोन उत्सर्जन हुन्छ जसले तनाव कम गर्नुका साथै मूडलाई समेत रिल्याक्स बनाउँछ ।

३. दुखाइ कम गर्नका लागि समेत हास्नु मुस्कुराउनु निकै लाभदायक हुन्छ । हाँसोले सरीरमा खुसीको अनुभुति गराउने हर्मोन बढाउँछ जसका कारण सकारात्मक सोँच बढ्नुका साथै दुखाइ पनि कम हुन्छ ।

४. हाँसो तथा मुस्कानले सरीरमा रोगप्रतिरोधी क्षमता समेत बढाउँछ । यसले व्यक्तिको मनोवैज्ञानिक उर्जालाई समेत प्रवर्द्धन गर्दछ । रोगप्रतिरोधी प्रणालीलाई सक्रिय बनाउनका लागि सरीरमा टी कोषहरु हुन्छन् । हाँसेको बेला सरीरका टी कोषहरु सक्रिय हुन्छन् । त्यसैले हाँस्ने कामले जिउको रोगप्रतिरोधी क्षमता बढाउँछ ।

५. कम रक्तचाप भएका मानिसहरुका लागि समेत हाँसो तथा मुस्कान आवश्यक हुन्छ । हाँसोले रक्तचाप सन्तुलनमा सहयोग पूराउनुका साथै हृदयाघातको जोखिम समेत घटाउँछ ।

६. हाँसो केवल मुटु तथा मस्तिष्कका लागि मात्र होइन मांसपेशीका लागि समेत फाइदाजनक हुन्छ । जब तपाइँ हास्नुहुन्छ पेटको मांशपेशीहरु फैलिन्छन् र एकअर्काको बढि सम्पर्कमा आउँछन्, व्यायामका बेलामा जस्तै । तसर्थ मांशपेशीको तन्दुरुस्तीका लागि समेत व्यायामसँगै हाँस्ने थेरापी उपयोग गर्नु निकै लाभदायक हुन्छ ।

७. हाँसोले मानिसको सरीरमा सकारात्मक उर्जाको विकाश गर्ने तथा विभिन्न समस्या सँग जुध्ने वा समस्याको समाधान गर्ने विवेक प्रदान गर्न समेत सहयोग गर्दछ ।

८. जिवनमा उत्साह तथा जोश भर्न, तनाव तथा डरबाट मुक्ति, मूडलाई ठीक राख्न र जिउमा लचिलोपन ल्याउनका लागि समेत उन्मुक्त हाँसो आवश्यक हुन्छ ।

९. हाँसोका सामाजिक लाभ पनि हुन्छन् । यसले आपसी सम्बन्ध मजबुत बनाउन सहयोग पूराउँछ । हँसिलो मानिस अरुलाई आफुतर्फ आकषिर्त गर्न सफल हुन्छ ।

१०. हाँसो तथा मुस्कानले मानिसलाई नेतृत्व तथा समुहकार्यका लागि समेत सफल बनाउँछ । हँसिलो मानिसमा टिमवर्क तथा नेतृत्वदायी क्षमता बढि हुन्छ । त्यस्तै अरु मानिसलाई आफ्नो सम्बन्धमा टिकाउन समेत हँसिलो अनुहारवाला मानिसहरु सफल हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment