Comments Add Comment

पवित्रासँगको ‘सम्बन्धको धागो’ कसले चुडायो ?

pabitra-modeling

चलचित्र ‘विजयपथ’बाट नेपाली रजतपटमा प्रवेश गरेकी पवित्रा आचार्य म्यूजिक भिडियोमा कोरियोग्राफी गर्न र आफै अभिनय गर्न पनि सफल छिन् । उनै पवित्राले अभिनय गरेको ‘सम्बन्धको धागो चुडाई’ बोलको गीतको भिडियो छायांकन भएको छ ।

प्रमोद खरेलको आवाज, पुर्ण परियारको संगीत रहेको गीतको  भिडियोलाई किशोर अनुरागले निर्देशन गरेका हुन् । भिडियोमा कमल चालिसे र विमल केसीले पनि पवित्रासँग मोडलिङ गरेका छन् ।

भिडियोमा नरेन्द्र सिंहको छायांकन छ । चितवनको सौराहा र नारायणगढमा यो भिडियोको छायांकन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment