Comments Add Comment

अमेरिकी डलरको भाउ घट्यो

११ माघ काठमाडौं । शुक्रबारको तुलनामा आइतबार अमेरिकी डलरको भाउ ६२ पैसाले घटेको छ । आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर ९७ रुपैयाँ ९८ पैसामा किनेर ९८ रुपैयाँ ५८ पैसामा बिक्री गर्ने जनाएको छ ।

शुक्रबार राष्ट्र बैंकले ९८ रुपैयाँ ४२ पैसमा किनेर ९९ रुपैयाँ ९ पैसामा बिक्री गरेको थियो । यो बिहीबारको तुलनामा १० पैसाले बढी हो ।

पुस महिनाभर बढेको अमेरिकी डलरको मुल्य माघ लागेपछि घटबढघटबढ हुँदै घट्दो प्रवृत्तिमा छ । पुस महिनामा एक डरको भाउ १ सय २ रुपैयाँ १७ पैसा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment