Comments Add Comment

सप्तकोशीका ‘रङ नम्बर’ महाकालीमा बस्न थाले

Bal-Santa

११ माघ, काठमाडौं । धर्मनिरपेक्ष नेपाल सरकारको ढुकुटीबाट ५० लाख निकासा गराएर सप्तकोशीको चतरा धाममा कुम्भ मेला गराएका जगतगुरु मोहनशरण देव (बालसन्त) यतिबेला सप्तकोशीबाट झिटीगुण्टा बोकेर महाकाली नदीको किनारमा पुगेका छन् ।

सप्तकोशी किनारमा रहँदा विवादमा परेर असुरक्षित भएपछि उनी केही समय काठमाडौंमा बसेका थिए । तर, महिलासँग अलि बढी नै नजिकिन थालेको निकटस्थहरुले देखेपछि उनी एकान्त खोज्दै महाकाली पुगेको बताइन्छ । त्यहाँ पनि उनले महिलाको संगत नछाडेको प्रत्यक्षदर्शी बताउँछन् ।

आफूलाई ‘बालसन्त’ बताउने उनको नयाँ आश्रममा पनि महिला भेटिएको रथ यात्रामा सहभागी एक स्थानीय कार्यकर्ताले बताए ।

बालसन्त यतिबेला महाकाली नदी नजिकै कञ्चनपुर जिल्लामा पर्ने भोम्केनी भन्ने एकान्त ठाउँको जमीन ओगटेर बसेका छन् । त्यहाँ उनले ७५ फिट अग्लो नेपाल माताको मन्दिर बनाउँदैछन् ।

राप्रपा नेपालको रथ यात्राका बेला कामल थापा नेतृत्वको टोली भोम्केनी पुगेको थियो । त्यहाँ आयोजित धार्मिक समारोहमा वालसन्तले नेता थापालाई टीका लगाइदिएर नेपालमा हिन्दु राष्ट्र स्थापना गरी छाड्न आशिर्वाद दिएका थिए ।

bal-santa-with-kamal-thapa

बालसन्त मोहन दास तिनै व्यक्ति हुन्, जसले सप्तकोशीमा कुम्भ मेलाका बेला नेपाल सरकारका सबै ठूला मान्छेलाई झुकाएका थिए ।

राष्ट्रपति डा. रामवरण यादवलाई आफूभन्दा मुनि राखेर उनले आर्शिवाद दिएका थिए । तत्कालीन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीदेखि प्रधानन्यायाधीश दामोदर शर्मा समेतले उनीबाट आशिर्वाद थापेका थिए ।

कलियुगमा धर्मका नाममा आडम्बर बढ्ने गरेको हिन्दु ग्रन्थमै पढ्न पाइन्छ । भारतमा यौन धन्दालगायतका अपराधमा संलग्न रहेको आरोपमा साधु सन्तहरु बेलाबखत समातिने गरेका छन् ।

नेपालमा भने साधु सन्तहरुले सिंगै सत्तालाई आफ्नो पाऊमा पार्ने गरेकाले उनीहरुमाथि कसैले निगरानी गर्ने वा प्रश्न उठाउने गरेको छैन ।

धर्मका नाममा बढेको विकृतिलाई लक्षित गरेर बनेको हिन्दी चलचित्र ‘पीके’ मा धर्मका ठेकेदारलाई ‘रङ नम्बर’को संज्ञा दिइएको छ । चतराका कतिपय स्थानीयवासीहरु बाल सन्तलाई पनि यस्तै ‘रङ नम्बर’को संज्ञा दिन्छन् ।

‘सुकुम्वासीको जग्गा कब्जा गरेका बालसन्तलाई सरकारले सुरक्षा गार्ड नै दिएको र गरीबमाथि अन्याय गरेको चताराका स्थानीयले गुनासो गर्दै आइरहेका छन् ।

चतराका एक स्थानीयले भने- ‘महिला सहयोगीका साथमा बस्न रुचाउने बालसन्त चतरा छाडेर कता गए भन्ने हामीलाई थाहै थिएन, काठमाडौंमा लफडा पर्‍यो र केही सरकारी उच्च अधिकारीले उनलाई संरक्षण गरेर बचाए भन्नेमात्रै हामीले सुनेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment