Comments Add Comment

करिश्माको जवानी र रंगको ‘फागु’मा शिल्पा

gauri-and-silpa
नायिका गौरी मल्ले शुभमुहुर्त कार्यक्रममा संवाद बोल्दै शिल्पा पोख्रेललाई आफ्नो ‘फागु’ भनिन् । नव-कलाकार सुवास पराजुलीले पनि शिल्पालाई आफ्नो ‘फागु’ नै भने । आखिर, शिल्पा कसकी ‘फागु’ ?

नायिका करिश्मा मानन्धरले १२ बर्षपछि निर्माण गर्न लागेको चलचित्र ‘फागु’ले यस्तै कथा भन्छ । गौरी पारिवारिक रंगको ‘फागु’को कुरा गर्छिन् भने सुवास जवानी र प्रेमको ‘फागु’ भन्छिन् । यता, शिल्पा भने सबैको ‘फागु’ आफू रहेको बताउाछिन् ।rajesh-and-karisma

काठमाण्डौमा एक कार्यक्रममा गर्दै नायिका करिश्मा मानन्धरले आफ्नो निर्माणमा १२ बर्षपछि बन्न लागेको रङ्िगन चलचित्रको शुभसाइत गरेकी हुन् । विभिन्न क्षेत्रका चर्चित महिलाहरुले करिश्माको चलचित्रको शुभसाइत गरेका थिए ।
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित हस्तीहरु सहभागी भए ।

चलचित्रमा गौरी मल्ल, बसन्त भट्ट, राजेश हमाल, शिल्पा पोख्रेलको साथमा नव-कलाकार सुवास पराजुलीको मुख्य भूमिका रहनेछ । चलचित्रको निर्देशक संझना रौनियारले गर्दैछिन् ।

चलचित्रमा हिमाल केसीको एक्सन, विपिन मल्लको सम्पादन, कमल राइको नृत्य निर्देशन, रामशरण उप्रेतीको छायांकन रहनेछ ।

कार्यक्रममा बोल्दै निर्माता तथा कलाकार बिनोद मानन्धरले आफुहरुले चौथो प्रस्तुतीको रुपमा ‘फागु’ बनाउन लागेको बताए । यसअघि चलचित्र ‘कस्तुरी, ढुकढुकी र बाबुसाहेब’ बनाएका करिश्मा र बिनोदले ‘फागु’बाट ठूलो आश राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment