Comments Add Comment

मोहनको निधनपछि छायांकन रोक्न प्राविधिक संघको आग्रह

नेपाल चलचित्र प्राविधिक संघका सदस्य मोहन बरालले आत्महत्या गरेका छन् । उनले हिजो दिउँसो ३ बजे आफ्नै डेरा डिल्लिबजारमा आत्महत्या गरेको प्राविधिक संघका उपाध्यक्ष पुष्कर लामाले बताएका छन् ।

उनको  निधनपछि प्राविधिक संघले आज हुने सम्पुर्ण चलचित्रको छायांकन रोकिदिन आग्रह गरेको छ । प्राविधिक संघसँग आवद्ध सदस्यको निधन हुँदा छायांकन रोक्न प्राविधिक संघले आग्रह गर्दै आएको छ ।

४३ बर्षका मोहन २ दशकदेखि नेपाली चलचित्रमा प्राविधिकको काम गर्दै आएका थिए । उनले आत्महत्या गर्नुको कारण घरयासी भएको चलचित्र प्राविधिक संघका महा-सचिव अनन्त तिमिल्सिनाले जानकारी दिएका छन् । नयाँ पुस्ताका प्राविधिकसँग घुलमिल हुन नसक्दा मोहनले खासै काम  पाएका थिएनन् । यसैले, आर्थिक अप्ठ्यारोका कारण उनले आत्महत्या गरेको अनन्तको भनाई छ ।

उनको अहिले टिचिङ अस्पतालमा पोष्र्टमार्टम भैरहेको छ । मोहनले सुरुवातमा लाइटम्यानको रुपमा काम गरेपनि पछि क्रेन अपरेटरको रुपमा चलचित्रमा काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment