Comments Add Comment

सडकमै महिलाले लिंग टोकिदिएपछि युवकको मृत्यु

PAY-Wife-chops-off-husbands-manhoodएउटा सानो सडक दुर्घटनापछि भएको झगडाले यति विकराल रुप लियो की एकजनाले ज्यान नै गुमाउनु पर्यो । त्यो मृत्यु कुनै हतियारले प्रहार गरेर, गर्धन च्याँपेर वा गोली चलाएर भएको होइन, लिंगलाई दाँतले टोकेर भएको हो ।

घटना नाइजेरियाको हो । नाइजेरियाको बेनिन सहरस्थित इसिहोर इलाकामा केही दिनअघि जिप र कार एक आपसमा ठोक्किएर दुर्घटना भयो । दुर्घटनापछि कारमा रहेकी महिला र जिपमा रहेका पुरुष बाहिर निस्किएर एक अर्कासँग बाझ्न थाले । सुरुमा मुखमात्र चलाएका थिए तर पछि हात हालाहाल नै भयो ।

झगडा यति बढ्दै गयो की ती महिलाले निहुरिइन् र ती पुरुषको लिंगलाई पाइन्ट बाहिरबाटै आफ्नो मुखभित्र हालेर बेस्सरी टोकिदिइन् । पुरुषको लिंग टोकिदिएपछि ती महिला त्यहाँबाट भागिन् ।

महिलाले जोडसँग लिंग टोकिदिएपछि पीडाले रन्थनिँदै ती पुरुष त्यहीँ मुर्छा परे । स्थानीय मानिसहरुले उनलाई बेनिन युनिभर्सिटी अस्पतालमा उपचारका लागि लगे । तर अस्पतालमा पूराउन्जेल विचरा ती पुरुषको ज्यान गैसकेको थियो र डाक्टरहरुले उनलाई मृत घोषित गरिदिए ।

पुरुषको लिंगमा टोकेर हत्या गर्ने महिलाको प्रहरीले खोजी गरिरहेको र घटनाको छानविन भैरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment