Comments Add Comment

प्रहरी निगरानी गर्न मार्सल टिम परिचालन

police१२ माघ, काठमाडौं । प्रहरी गतिविधि अनुगमन गर्न महानगरीय प्रहरी कार्याल्यले मार्सल टोली सक्रिय बनाई परिचालन गर्ने भएको छ । प्रहरी उपरीक्षक (एसपी)को कमान्डमा सशक्त मार्सल टिम बनाई अनुगमन र निगरानी गर्ने तयारीमा महानगरीय प्रहरी कार्यालय जुटेको नयाँ पत्रिकामा खबर छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी रमेश तामाङ गत बिहीबार ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेपछि महानगरीय प्रहरी कार्यालय मार्सल टिम बलियो बनाउन कस्सिएको हो । यसअघि मार्सल टिम भए पनि अनुगमन प्रभावकारी हुन सकेको थिएन ।

प्रहरी नायब महानिरीक्षक -डीआइजी) हेमन्त पालले जनशक्ति थपेर एसपी कमान्डमा सशक्त मार्सल टिम बनाउने तयारी भइरहेको जानकारी दिए । आइजीपी उपेन्द्रकान्त अर्यालको निर्देशनपछि मार्सल टिमलाई बलियो बनाई आन्तरिक अनुगमन बलियो बनाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment