Comments Add Comment

घरमा शौचालय तर, जंगलमा शौच

toilet१२ माघ, उदयपुर । उदयपुरका प्रायः गाविसमा शौचालय बनिसकेको छ । तर, पानी नुहँदा प्रयोगबिहीन छन् । कतिपय सर्वसाधारण पानी अभावमा शौचालय छाडेर खोला, खोल्सी र जंगलतिर नै शौच गर्न जाने गरेको नयाँ पत्रिकामा खबर छ ।

खुला दिसामुक्त घोषणा भएका दर्जन गाविसमा यस्तै समस्या छ । आवश्यक पानीको व्यवस्था नगरी हचुवाका भरमा अभियान सञ्चालन हुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको हो । सरसफाइका क्षेत्रमा क्रियाशील जिविस, गाविस, नगरपालिका, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलगायत संस्थाको लगानी बालुवामा पानी जस्तै भएको छ ।

बर्रे गाविस गत वर्ष नै खुला दिसामुक्त भएको हो । सबैका घरमा शौचालय पनि छन् । तर, पानीअभावमा अधिकांश शौचालय प्रयोगबिहीन छन् । स्थानीय खोला, खोल्सी र जंगलमा शौच गर्न जाने गरेका छन् ।

बर्रेका विद्यालयको हालत पनि उस्तै छ । मुख्यगरी, छिन्द्रङखोलामा रहेको एक मात्र उच्चमाविमा पानीअभावका कारण तिर्खा मेट्न पाइदैन भने शौचालय जान पनि समस्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment