Comments Add Comment

निमोनियाविरुद्धको महँगो खोप अब निःशुल्क

१२ माघ, काठमाडौं । सरकारले बालबालिकालाई शतप्रतिशत खोपको पहुँचमा पुर्याउने भन्दै पहिलोपटक निमोनियाविरुद्धको सबैभन्दा महँगो खोप ‘निमोकोकल’ दिन सुरु गरेको छ। एकपटक लगाउँदा करिब चार सय रुपैयाँ पर्ने निमोकोकाल खोप पहिलो चरणमा पश्चिमाञ्चलका १६ जिल्लामा सित्तैंमा दिन थालिएको स्वास्थ्यमन्त्री खगराज अधिकारीले बताए।

psnynomiaस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बालस्वास्थ्य महाशाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार निमोकोकल बालबालिका जन्मेको ६ र १० साता तथा नौ महिनामा गरी तीनपटक लगाउनुपर्छ। यो खोप किनेर तीनपटक लगाउँदा करिब १२ सय रुपैयाँ पर्ने अन्नपूर्ण पोस्टमा खबर छ ।

यसअघि नेपालमा निमोकोकल आर्थिक अवस्था राम्रो भएका बालबालिकाले निजी अस्पतालबाट लगाउने गरेका थिए भने अन्य बालबालिका उक्त खोपबाट वञ्चित थिए। सरकारले यसअघि निमोनियाका लागि भनेर कुनै पनि छुट्टै खोप बालबालिकालाई दिने गरेको थिएन।
‘दादुरा-रुबेला र क्षयरोगविरुद्ध खोपले बालबालिकालाई निमोनियाबाट बचाउन केही हदसम्म सहयोग गरेको थियो’ महाशाखाअन्तर्गत खोप शाखा प्रमुख मुकुन्द गौतमले भने, ‘भरपर्दो र सुरक्षित भएकाले हामीले निमोकोकल दिन थालेका हौं, यसले बालबालिकामा निमोनिया रोक्न सक्ने क्षमता राख्छ।’

आपूर्ति व्यवस्था महाशाखाका प्रमुख डा. भीमसिंह टिंकरीले एलान्स फर भ्याक्सिन फर इमुनिनाइजेन (गाभी) ले सरकारलाई दुई लाख १० हजार ६ सय निमोकोकल भाइल नि:शुल्क दिएको बताए। एक भाइल खोप एकपटकमा दुई बालबालिकालाई दिन पुग्छ।

उनले गाभीले सरकारको २० प्रतिशत लगानीमा पाँच वर्षका लागि उक्त खोप दिने सम्झौता गरेको जानकारी दिए। मुलुकका १३ प्रतिशत बालबालिका खोपको पहुँचबाहिर रहेको सरकारी तथ्यांक छ।

डा. पौडेलले बालबालिकालाई निमोनियाबाट जोगाउन निमोकोकल खोप प्रभावकारी हुने बताए। निमोकोकल खोपले पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर घटाउन सहयोग पु:याउने अपेक्षा गरिएको छ।

‘पश्चिमाञ्चलका १६ वटै जिल्लाका स्वास्थ्यचौकीमा यो खोप नि:शुल्क दिन सुरु गरिएको छ’, खोप शाखा प्रमुख गौतमले भने, ‘केही महिनापछि हामी अन्य अञ्चलनमा पनि विस्तार गर्नेछौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment