Comments Add Comment

सोमवारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट सोमबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले सरकारले नै बाँड्न थाल्यो ग्यास, कोरियामा हुन्डी सञ्जाल, ट्रेडमार्क दर्तामा सिण्डिकेट तोडिदै गएको खबर प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकमा यस्तो छ कोरियामा हुन्डी सञ्जाल, धान आयात ५ गुणा बढ्यो, कावेलीको लाइसेन्स ब्युँताइँदै, विशाल बजारका ६ ब्यापारीविरुद्ध मुद्दा, सेयर बजारमा १० अंकको सुधार लगायतका खबर छन् ।

अभियान दैनिकमा टे्रडमार्क दर्तामा सिण्डिकेट तोडिँदै, प्रतिब्यक्ति विप्रेषण विकसित देशबाट अधिक, एकै दिन चार हजारलाई वितरण, चितवनमा प्रभावकारी भएन १२ घण्टे सरकारी सेवा, पञ्चासेमा होम स्टेको आकर्षण लगायतका खबर छन् ।

नागरिक दैनिकमा सरकारले नै बाँड्न थाल्यो ग्यास, सडक विभागको २० वर्षे संरचना फेरियो, खाद्य गुणस्तर प्रयोगशालामा ढिलाइ, मनकामनालाई बाटो खुल्यो, प्राधिकरणमा नियमविपरीत बढुवा, नेप्से परिसूचक १० अंक बढ्यो लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा भिसा र मागपत्र आए पनि दुई हजार जना रोकिए, सर्वोच्चद्वारा केबुलकार परियोजना खुला, एक अर्ब आठ करोडको सेयर कारोबार, पर्यटकीय गन्तब्य संरक्षण गर्न अक्षयकोष, राहुघाट जलविद्युत आयोजना ठेकेदारका पक्षमा अन्तरिम आदेश लगायतका खबर छन् ।

आर्थिक दैनिकमा नौ अर्ब महसुल उठाउन धमाधम लाइन काट्दै विद्युत प्राधिकरण, एकै दिन चार हजारले पाए ग्यास, जासुसी गर्दा सिंगो स्वास्थ्य संस्था धरापमा, भन्सारलाई समयसापेक्ष सुधार तथा आधुनिकीकरण गर्न माग लगायतका खबर छन् ।

aarthik-2

annapurna-4

aviyan1

karobar-3

nagarik-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment