Comments Add Comment

इजिप्टमा आक्रमण, १८ जनाको मृत्यु

१२ माघ, काठमाडौं । इजिप्टको राजधानी कायरोमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक प्रहरी पनि छन् । झडपमा कैयौं व्यक्ति घाइते भएका छन् ।

इजिप्ट क्रान्तिको चौथो बर्षगाँठ मनाउन निस्किएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेपछि दोहोरो झडप भएको हो । इजिप्टमा सन् २०११ मा राष्ट्रपति होस्नी मुबारक विरुद्ध आन्दोलन सुरु भएको थियो । आन्दोलनपछि मुबारक पद छाड्न बाध्य भएका थिए ।

जनताको विरोध प्रदर्शनपछि तत्कालीन राष्ट्रपति मुबारक सत्ता छाड्न बाध्य भएको दिनको खुसियालीमा नागरिकहरु सडकमा आएर प्रदर्शन गर्दछन् । गत बर्ष पनि यस्तै प्रदर्शनमा प्रहरीसँग झडप हुँदा कैयौं व्यक्तिको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment