Comments Add Comment

भारतले ६६ औं गणतन्त्र दिवस मनाउँदै

१२ माघ, काठमाडौं । भारतले आज ६६ औं गणतन्त्र दिवस मनाउँदै छ । नयाँ संविधान जारी भएको दिनको सम्झनामा हरेक बर्ष २६ जनवरीमा भारतले गणतन्त्र दिवस मनाउने गर्दछ ।

indian-flagगणतन्त्र दिवसको अवसरमा ऐतिहासिक राजपथमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा अमेरिकी राष्ट्रपति बाराक ओबामा समेत सहभागी हुनेछन् ।

कार्यक्रममा जल, स्थल र वायु सेनाले शक्ति प्रदर्शन गर्ने छन् । महिला सेनाहरुको प्रस्तुती विशेष आकर्षणको रुपमा रहने छ । यसलाई ‘महिला सशक्तिकरण’को रुपमा लिइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको ‘आईडिया’ अनुसार नै महिलाको शक्ति प्रदर्शन गर्न लागिएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

जमिनबाट आकाशमा मार हान्ने मध्य दुरीको आकाश मिसाइल लगायतका लडाकु विमान र हतियार पत्ता लगाउने राडारको प्रदर्शनी पनि प्रमुख आकर्षणको रुपमा लिइएको छ । दिल्लीमा पानी परिरहेकोले सैन्य प्रदर्शन केही प्रभावित हुने अनुमान गरिएको छ । गणतन्त्र दिवसको अवसरमा भारतभरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment