Comments Add Comment

क्यानका कार्यबाहक अध्यक्ष टीबी शाहको निधन

१२ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका कार्यबाहक अध्यक्ष तारणी बिक्रम (टीबी) शाहको निधन भएको छ ।

Tarini-Bikram-Shah८१ वर्षका शाहको आइतबार राति साढे ११ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको क्यानका कार्यबाहक महासचिव उत्तम कर्मचार्यले जानकारी दिए ।

लिभर क्यान्सरबाट ग्रसित शाहलाई आइतबार बिहान मात्र अस्पताल भर्ना गरिएको थियो । वीरगन्ज निवासी शाह झन्डै पाँच दशकदेखि नेपाली क्रिकेटमा आबद्ध छन् । शाहका श्रीमती र दुई छोरी छन् ।

उनको भोली मात्रै अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । शाहले वाईएमसीसी क्लबबाट लामो समय क्रिकेट खेले । अध्ययनका क्रममा भारतमा विश्वविद्यालय स्तरीय क्रिकेट खेलेका शाह नेपाल फर्किएपछि फेरि क्रिकेटसँगै जोडिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment