Comments Add Comment

उपाध्याय र कार्की विरुद्ध उजुरी गर्न संसदीय सुनुवाई समितिको आग्रह

१२ माघ, काठमाडौं । व्यवस्थापिका-संसद संसदीय सुनुवाई विशेष समितिले भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र संयुक्तराज्य अमेरिकाका प्रस्तावित राजदूत डा. अर्जुनकुमार कार्की विरुद्ध उजुरी गर्न आग्रह गरेको छ ।

Dip kumar and Arjun karkiविशेष सुनुवाई समितिले सार्वजनिक सूचना जारी गरी उपाध्याय र कार्कीलाई उपयुक्त नभए कारण सहित उजुरी दिन आग्रह गरेको छ ।

सूचना प्रकाशित भएको मितिले १० दिन भित्रमा समितिको कार्यालयमा गई स्पष्ट आधार खोली उजुरी दिन सक्ने व्यवस्था मिलाइएको छ । यस्तो सूचना वा उजुरी दिने सूचनादाता वा उजुरीकर्ताको नाम, थर र वतन तथा सम्पर्क खुलाउनुपर्ने समितिले जनाएको छ । यद्यपी उजुरीकर्ताको नाम, ठेगाना गोप्य राखिनेछ ।

उपाध्यायविरुद्ध उजुरी गर्नका लागि व्यवस्थापिका संसद सचिवालय सिंहदरबारको फोन नम्बर ०१४२००२३३, फ्याक्स नम्बर ०१४२११७४४, ०१ ४२००१४१ तथा इमेल [email protected] प्रयोग गर्न सकिनेछ ।

परराष्ट्र मन्त्रालयले काठमाडौं त्रिपुरेश्वरका दीपकुमार उपाध्यायलाई भारतको राजदूत र भुटानको गैरआवासीय राजदूतका रुपमा प्रस्ताव गरेको छ । त्यस्तै संखुवासभा खाँदबारीका अर्जुनकुमार कार्कीलाई संयुक्तराज्य अमेरिकाको राजदूत तथा कोलम्बिया, मैक्सिको, ग्वाटेमाला, कोस्टारिका, होण्डुरस, गुयना र निकारागुवाको गैरआवासीय राजदूत तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment