Comments Add Comment

जनप्रगतिशील मञ्च ओमानको पहिलो भेला हुँदै

oman bhelaओमान । एमाओवादीको प्रवासी संगठन जनप्रगतिशील मञ्च ओमानको पहिलो भेला फेब्रुअरीमा गरिने भएको छ । फेब्रुअरी २० मा रुबिस्थित अलमासा हलमा भेला गरिने मञ्चले जनाएको छ ।

सन् २०१३ सेप्टेम्वरमा सागर कंडेलको अध्यक्षतामा तदर्थ समिति स्थापना गरि मञ्चको स्थापना गरिएको थियो । अपि्रल २०१४ मा भिल्लुप्रसाद न्यौपानेको अध्यक्षतामा पूर्ण समितिको स्थापना गरिएको थियो ।

पार्टीको विचार, सिद्धान्त र नीति आत्मसाथ गर्दै प्रवासमा रहेका न्यायप्रेमी श्रमजीवी नेपाली मजदुरहरुको हकहितको निम्ति बिभिन्न कार्यक्रमहरु गर्दै आएको मञ्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment