Comments Add Comment

तरवार, घोडचढी र कराँते सिक्दै दीपिका

deepika-padukone-2
मुम्बई । रणबीर सिंहसँग रोमान्समा मस्त दीपिकाले यही बर्ष लगनगाँठो कस्न लागेको चर्चाले यतिबेला बलिउड तातेको छ । त्यसो त उनका अभिब्यक्तिले पनि दीपिका पछिल्ला केही हप्ता चर्चामा छिन् । कहिले कटि्रनालाई रणवीर कपुरसँग बिबाह नगर्न सल्लाह दिएर त, कहिले आफैले कपुरसँग बिबाह गर्न चाहेको बताएर उनी मिडियामा छाइरहेकी छिन् ।

यतिबेला भने दीपिका तरबार चलाउन सिकिरहेको खवरले चर्चामा छिन् । तर, उनी तरबार चलाएर कुनै युद्धमा सहभागी हुने छैनन् ।

फिल्म ‘बाजीराब मस्तानी’ मा लागि हो उनको तरवार कला आवश्यक परेको हो । ‘बाजीराब मस्तानी’मा दीपिका बाजीरावकी प्रेमिकाको भुमिकामा देखिदैछिन् । जुन फिल्ममा रणबीर सिंहले बाजीराबको भुमिका निर्वाह गर्ने भएका छन् ।

यो फिल्मको पृष्ठभुमि १८ औं शताब्दीको रहेको छ । यसमा दीपिकाले तरबार चलाउनुका साथै घोडा पनि मज्जाले कुदाउनुपर्ने छ । यसकै लागि उनले मार्सल आर्ट पनि सिकेकी छिन् ।

दीपिकाले केही वर्ष यता आफुलाई फरक र परिपक्व देखाउन प्रयाश गरिरहेकी छिन् । फिल्म ‘चेन्नइ एक्सप्रेश’ मा उनले तमिल युवतीको भुमिका निर्वाह गरेकी थिइन् । पर्दामा पनि उनी दीपिका नभएर कुनै तमिल युवती जस्तै देखिएकी थिइन् ।

‘ह्याप्पी न्यु इयर’ मराठी युवतीको स्वरुपमा देखिएकी दिपिकाले अर्को फिल्म ‘पीकु’ का लागि बंगाली भाषा सिकेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment