Comments Add Comment

ऐश्वर्याको सुटिङ गराउन छोरीलाई विषेश सुविधा

aish-chori
मुम्बई । ऐश्वर्या राय बच्चनले हिन्दी फिल्म ‘जज्बा’ मा सुटिङ गर्ने भएपछि फिल्म निर्माण संस्थाले ऐश्वर्याकी आमा छोरीका लागि विषेश किसिमको वेनिटी निर्माण गरेको छ ।

जहाँ सुटिङ नभएको बेला ऐश्वर्या छोरीसँगै आरामले बस्न पाउनेछिन् । ऐश्वर्या सुटिङमा गएको बेला अराध्यले खेल्ने, पढ्ने सुविधा पाउनेछिन् ।

यसलाई यति सुन्दर बनाइएको छ कि जहाँ बच्चाले कुनै पनि कुराको अभाव महसुस गर्नुपर्ने छैन । मिनी पि|mजदेखी खेल्ने कुराहरु समेत उपलब्ध हुनेछन् यो वेनिटीमा ।

छोरीको चिन्ताले फिल्म खेल्न आनाकानी गरेकी ऐश्वर्यालाई फिल्म निर्माण संस्थाले छोरी अराध्याको सम्पूर्ण ब्यबस्था गर्ने आश्वासन दिएको थियो । आमा बनेपछि ऐश्वर्याले पहिलो पटक ‘जज्बा’मा अभिनय गर्न लागेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment