Comments Add Comment

दीपक-दीपाको ‘वडा नम्बर ६’लाई नचल्दै ३५ लाख

dipak-and-dipa-poje
चलचित्र ‘वडा नम्बर ६’ लाई पनि प्रदर्शनमा नआउँदै काठमाण्डौ बाहिरबाट ३५ लाखको ‘मिनिमय ग्यारेन्टी’ प्राप्त भएको छ । वितरक कम्पनी एफडीले यो चलचित्रलाई ‘मिनिमय ग्यारेन्टी’ दिएको हो ।

चलचित्र ‘छ एकान छ’ चलेपछि यो चलचित्र पनि चल्नेमा विश्वस्त भएको भन्दै ३५ लाख ‘मिनिमय ग्यारेन्टी’ दिएको एफडीका अध्यक्ष प्रदिप उदयको भनाई छ । निर्मात्री दीपाश्री निरौलाले अनलाइनखबरसँग कुरा गर्दै चलचित्रले मिनियम ग्यारेन्टी वापत राम्रो रकम पाएको बताइन् ।

अब, काठमाण्डौ बाहिर यो चलचित्रले यती रकम उठाएपनि नउठाएपनि ३५ लाख प्राप्त गर्ने पक्का भएको छ । यो भन्दा माथिको व्यापार भएको खण्डमा निर्माता र वितरक कम्पनीलाई आधा-आधा हिस्सा प्राप्त हुने दीपाश्रीको भनाई छ ।

चलचित्रको ट्रेलर, गीत केही पनि सार्वजनिक नहुँदै निर्माताले ३५ लाख पाउनु राम्रो कुरा हो । उज्ज्वल घिमिरेले निर्देशन गरेको यो चलचित्रमा दीपकराज गिरी, सिताराम कट्टेल, जीतु नेपाल, दयाहाङ राई, पि्रयंका कार्कीको मुख्य भूमिका छ । चलचित्रमा विल्सन विक्रम राइ विशेष भूमिकामा देखिनेछिन् ।

यसअघि चलचित्र ‘नाई नभन्नु ल ३’ लाई पनि वितरक सुनिल मानन्धरले काठमाण्डौका लागि ३५ लाखको मिनिमय ग्यारेन्टी दिएका थिए । चलचित्र चल्ने अवस्था आएपछि वितरकहरु मिनिमय ग्यारेन्टी दिन अग्रसर भएका छन् ।
अर्कोतिर, मिनिमय ग्यारेन्टीको चर्चा चलचित्रको गतिलो प्रचारको उपाय हो भन्नेहरु पनि एकथरी देखिएका छन् । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment