Comments Add Comment

अब फेवातालमाथि केबलकार बन्ने

fewatal cable car

१२ माघ, पोखरा । पोखराको लेकसाइडबाट बिश्व शान्ति स्तुपासम्म केवलकार निर्माण हुने भएको छ । मनकामना केवलकार संचालक कम्पनी चितवन कोइले पोखरामा केवलकार निर्माण गर्न लागेको हो ।

दुई बर्ष पहिले नै सरकारले केवलकार निर्माणका लागि प्रकृया अगाडी बढाएको भए पनि टेण्डरमा सहभागी अर्को कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि केवल निर्माण प्रकृया रोकिएको थियो । सर्वोच्च अदालतले आइतवार सो रिट खारेज गरिदिएपछि केवलकार निर्माणका लागि बाटो खुलेको छ ।

१.६ किलोमिटर लामो यो केवलकार निर्माण भएपछि पोखराको पर्यटनमा अर्को आर्कषण थपिने छ । केवलकार निर्माता चितवन कोइले बिश्व शान्ति स्तुपामा वाटर पार्क, रेष्टुरेन्ट लगायतका रिफ्रेसमेन्ट सेन्टर र मनोरञ्जनस्थल बनाउने जानकारी दिएको छ ।

पोखरा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तब्य हो । केवलकार निर्माणले पोखराको पर्यटनमा थप टेवा पुग्ने निर्माण कम्पनी चितवन कोइले जनाएको छ । चितवन कोइले नेपालमै पहिलोपटक मनकामना केवलकार निर्माण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment