Comments Add Comment

अशिष्माको फिगर ‘कोकाकोला’ जस्तो(भिडियो)

ashisma-nakarmi
जेठ १५ गतेबाट नेपालमा र फ्रेवुअरी १ बाट अष्ट्रेलियामा चल्न लागेको चलचित्र ‘अधकट्टी’को ‘कोकाकोला फिगर’ बोलको गीत सार्वजनिक गरिएको छ ।

नायिका अशिष्मा नकर्मीको फिगरलाई कोकाकोला जस्तै भन्दै तयार पारिएको भिडियो सार्वजनिक गरिएको हो । संचारकर्मी सुव्रत आचार्यको निर्देशनमा बनेको यो चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मीको साथमा नव-कलाकार प्रदिप बाँस्तोलाको मुख्य भूमिका छ ।

सार्वजनिक गीतमा प्रल्हाद तिमिल्सिना र जोनिशा पौडेलको स्वर, बसन्त सापकोटाको संगीत, किरण माइकलको शब्द छ ।
चलचित्रलाई कमेडी बिषयमा तयार पारिएको भनिएको छ ।

प्रदिप उदयको निर्माणमा तयार पारिएको यो चलचित्रको ‘कोकाकोला फिगर’ बोलको गीतका लागि नायिका नकर्मीले ठूलै मिहिनेत पनि गरेकी थिइन् । के उनको  फिगर गीतले भनेजस्तै देखियो त, भिडियो हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment