Comments Add Comment

‘लुटेरा’मा सविर नहुने, रेखाको आइटम मात्र

gopal-rekha-and-sabir
चलचित्र ‘लुटेरा’का बिषयमा बजारमा विभिन्न खालका समाचार लामो समयदेखि आइरहेका छन् । तर, चलचित्रको बारेमा टुङ्गो केही पनि लागेको देखिदैन ।

नायक निखिल उप्रेतीले चलचित्रमा काम गर्ने पक्का देखिएको छ । नायिकाको रुपमा रेखा थापा र निर्देशकको रुपमा सविर श्रेष्ठ पक्का भएको जानकारी पनि निर्माणपक्षले दिएको लामै समय भैसकेको छ । तर, अब चलचित्रमा सविर निर्देशकको रुपमा नरहने निर्माणपक्षले जनाएको छ ।

निर्माता गोपाल कायस्थले अनलाइनखबरसँग कुरा गर्दै भने- निर्देशक सविर श्रेष्ठले समय दिन सक्नु भएन । यसकारण सहमतीमै उहाँसग काम नगर्ने निर्णय गरेका छौ ।

नायिका रेखा थापा पनि आइटम डान्समा मात्र रहने कायस्थको भनाई छ । यसअघि रेखा र निखिलको जोडी पर्दामा लामो समयपछि जम्न लागेको कायस्थले जानकारी गराएका थिए । नयाँ निर्देशक र नायिकाको खोजी भैरहेको कायस्थको भनाई छ । निर्देशक सविरले रेखा थापाको नयाँ चलचित्र ‘रामप्यारी’लाई बढी समय दिएपछि गोपाल असन्तुष्ट बनेका हुन् ।

यता, निर्देशक बन्ने पक्का भएका सविरले निर्मातासँगको सहमतीमै चलचित्र छोडेको बताए । यसैले यो हटाउने र हटेको भन्ने बिषय नभएको उनको भनाई छ । अब यो चलचित्रलाई दयाराम दाहालले  निर्देशन गर्ने सविरले नै जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment