Comments Add Comment

कतार नेपाली एकता समाज मन्सुरा समितिको प्रशिक्षण सम्पन्न

दोहा । कतार नेपाली एकता समाज मन्सुरा एरिया समितिले कतारको दोहामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम एरिया समितिका अध्यक्ष जुद्धबहादुर भूषालको अध्यक्षता, विशेष अतिथि तथा प्रशिक्षक केन्द्रीय समिति सचिवालय सदस्य हेमन्त वाईवा र सुर्य सुवेदीको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

समाजको सचिवालय सदस्य हेमन्त वाईवाले उपस्थित सदस्यहरुलाई प्रशिक्षण दिँदै ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनले प्राप्त गरेका उपलब्धीहरुसमेत दलहरुका गैरजिम्मेवारपूर्ण क्रियाकलापले खतरामा परेको बताए । उनले ०६२/६३ का उपलब्धिको रक्षाका लागि सबै सचेत नेपाली जनताले राजनीतिक दलका नेताहरुलाई दवाब दिनुपर्ने आवश्यकता औंल्याए ।

केन्दि्रय सदस्य सुर्य सुवेदीले पनि कतारमा विभिन्न संगठनभन्दा कतार नेपालीको एकता समाजको संगठनको संरचना पृथक रहेको भन्दै प्रशंशा गरे । समितिका सचिव ईश्वर जीसीले सञ्चालन गरेको कार्यक्रममा मेघराज सुवेदीले स्वागत तथा जुुद्ध बहादुर भूषालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा कतार नेपाली एकता समाज दोहा एरिया समिति मातहत रहेको मदिना खालिफा ईकाई समितिमा पनि केन्दि्रय समितिका अध्यक्ष लुमाकान्त पुन, प्रथम उपाध्यक्ष मदन श्रीस मगर लगायतको विशेष उपस्थिति थियो ।

–उद्धव मगरबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment