Comments Add Comment

होटल संघमा सुरु भयो दुई दिने गोष्ठी

Han-programme
१२ माघ, काठमाडौं । राजधानीमा ‘इनर्जी इफिसेन्सी, अल्ट्रनेट रेफि्रजेरेन्ट एन्ड गुड सर्भिसिङ प्राक्टिक्स इन होटल इन्डष्ट्री’ नामक दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभाग, होटल संघ नेपाल र संयुक्त राष्ट्रय संघ वातावरण कार्यक्रमको संयुक्त आयोजनामा सुरु भएको गोष्ठीको उद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गरे ।

गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वातावरण संरक्षण सम्बन्धी मोन्टि्रयल प्रोटोकोलको पूर्ण पालना गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए । उनले यस किसिमका वातावरण संरक्षण सम्बन्धी कार्यक्रमबाट राज्यले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु पुरा गर्न टेवा पुग्ने विस्वास व्यक्त गरे ।

होटल संघ नेपालका कार्यवाहक अध्यक्ष अमरमान शाक्यले वर्तमान ऊर्जा संकटको अवस्थामा होटल क्षेत्रले भोग्नुपरेका कठिनाईहरुलाई यस किसिमका चेतनामूलक कार्यक्रमबाट केही हदसम्म न्यूनीकरण गर्न सकिने बताए ।

उनले भविष्यमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन नेपाल सरकार तथा सम्बन्धित संघ संस्थाहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा उद्योग मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई, नुपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, इन्स्िटच्युट फर गर्भमेन्स एण्ड सस्टेनेबल डेभपलमेन्टका डा. स्टेफेन ओ. एन्डरसनले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपाल सरकारका कर्मचारी, होटल संघ नेपालका सदस्य होटलहरु, विज्ञहरुलगायत ७० जनाले भाग लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment