Comments Add Comment

कांग्रेससँग हतारमा नौंबुँदे सम्झौता गर्नु गल्ती भो : माधव नेपाल (भिडियो सहित)

Madhav kumar nepal

१२ माघ, काठमाडौं । नेकपा एमालेका तेस्रो बरियताका नेता माधवकुमार नेपालले कांग्रेससँग संविधान निर्माणका सन्दर्भमा ९ बुँदे सहमति गर्दा हतारमा बिचार नपुगेको स्वीकार गरेका छन् ।

प्रेस चौतारीले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले बिचार नपुर्‍याई सहमति गर्दा एमाओवादीसहितका विपक्षीहरु बिच्किएको बताए । ‘हामीले ९ बुँदे सम्झौता जुन बेला गर्‍यौं, त्यसमा हतार भयो, त्यो उपयुक्त बेला थिएन’ सम्झौताका बेला निर्णायक भूमिकामा नदेखिएका नेपालले भने ‘त्यहीँबाट बिपक्षीहरु भड्किए’ ।

भिडियो हेर्नुहोस्-

गत कात्तिक १८ गते कांग्रेस र एमालेले ९ बुँदे सम्झौता गरी संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा साझा अवधारणका रुपमा पेश गरेपछि संविधानसभामा ध्रुवीकरण शुरु भएको थियो ।

गच्छदारको प्रस्तावबाट संवाद

पछिल्लो समयमा अध्यक्ष केपी ओली आक्रामक भए पनि विपक्षीसँग अनौपचारिक वार्ता गरिरहेका नेपालले मधेसी मोर्चाका नेता बिजय गच्छदारको प्रस्तावबाट पुनः सहमतिको वार्ता हुन सक्ने बताए । ‘बिजय गच्छदारजीले माघ ८ गते बेलुका जुन प्रस्ताव ल्याउनुभएको थियो, त्यसैबाट संवाद शुरु गर्दा सहमति हुन सक्छ’ नेपालले भने ‘संवाद थाल्नुपर्छ निकास टाढा छैन’ ।

संविधान जारी गर्ने तीनवटा मितिका बारेमा पनि छलफल भइरहेको नेपालले जानकारी दिए । उनका अनुसार एमाओवादीले ०७२ जेठ १५ गतेको प्रस्ताव ल्याएको थियो । ‘फागुन ७, बैशाख ११ वा माओवादीले भने जस्तो जेठ १५ मा संविधान जारी गर्नुपर्छ’ नेपालले भने ‘यसबीचमा अन्तरिम स्थानीय निकायको चुनाव पनि गरेर जनप्रतिनिधिमार्फत शासन चलाउनुपर्छ’ । 

कांग्रेसको भिटो

नेपालले कांग्रेससँग दुई तिहाइ बहुमत रोक्ने वा पुर्‍याउने भिटो पावर रहेका कारण प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अडान एमालेले छाडेको बताए ।

‘कांग्रेसको जन्म नै संसदीय व्यवस्थाका लागि भएको हो, उसले संसदबाट निर्वाचित प्रधानमन्त्रीको अडान छाड्ने अवस्था रहेन’ नेपालले भने ‘संविधान सहमतिको दस्तावेज भएकाले उसको एक तिहाइ भन्दा बढीको भिटो बुझेर हामीले सुधारिएको संसदीय व्यवस्थामा सहमति जनाएका हौं’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment