Comments Add Comment

बीओकेले तोड्यो आइएलएफसी, श्री इन्भेष्टमेन्ट र नेपाल एक्सप्रेससँगको मर्जर

BOK Picture1 (1)१२ माघ काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) इन्टरनेसनल लिजिङ एण्ड फाइनानस कम्पनी (आइएलएफसी), श्रीइभ्नेष्टमेन्ट फाइनान्स र नेपाल एकसप्रेस फाइनान्सको मर्जर प्रक्रिया टुटेको छ ।

बीओकेले मर्जर प्रक्रिया अघि बढ्न नसक्ने आफू प्रक्रियाबाट पछि हटेकामे जानकारी राष्ट्र बैंकलाई गराएसँगै यी संस्थाहरूबीचको  मर्जर प्रक्रिया टुटेको हो ।

स्वाप रेसियो, सञ्चालक समिति र कर्मचारी व्यवस्थापनमा विवाद आएपछि मर्जर प्रक्रिया अवरुद्ध भएको हो ।  यी संस्थाहरुबीच मर्जरको सैद्धान्तिक सहमति भए पनि आवश्यक प्रक्रिया अघि बढ्न नसकेपछि बीओकेले मर्जरबाट बाहिरिने घोषणा गरेको हो ।

सर्वसाधारण सेयरधनीका तर्फबा प्रतिनिधित्व गर्ने बैंक अफ काठमाण्डूका सेयरधनीले मर्जरमा जान नहुने बताउँदै आएका थिए ।

बैंकले २०७१ जेठ २९ गते संस्थाहरूबीच एकअापसमा गाभिने सम्झौता गरेको थियो । संस्थाहरु मर्ज भएका भए नयाँ संस्थाको चुक्ता पुँजी ४ अर्ब ३० करोड रुपैयाँ पुग्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment