Comments Add Comment

सिटिसी मलमा द वर्ड भिजनको मल्टिब्राण्ड सोरुम

5१२ माघ काठमाडौं । सिटिभी मोबाइलले सुन्धारास्थित सिटिसी मलमा द वर्ड भिजन प्रालिको नाममा आइतबारदेखि सोरुम संचालनमा ल्याएको छ ।
सोरुमको उदघाटन नायक राजेश हमाल, पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ र गौतमश्री काउ फार्मका अध्यक्ष राम बहादुर गौतमले संयुक्तरुपमा गरे ।

सोरुमबाट बिभिन्न कम्पनीका मोबाइल सेट बिशेष छुटमा बिक्री गरिने योजना कम्पनीले जनाएको छ ।

नेपालमा उपलब्ध २ दर्जन बढी मोबाइल कम्पनीका उत्पादन बिक्री गर्ने तथा १६ वटा कम्पनीका मोबाइल अलग अलग टेबलबाट बिक्री गरिने ब्यबस्था मिलाइएको कम्पनीका अध्यक्ष संगम राइले जानकारी दिए ।

unnamed2औपचारिक कारोबारको दिनबाट नै मोबाइल एक्सचेन्ज, बिशेष छुट सहित मोबाइल सेटहरु बिक्री गर्न लागेको उनले जानकारी दिए ।

रार्इका अनुसार मल्टिब्राण्ड सोरुममा आइफोन, सामसुङ, कार्बन, कलर्स, पानासोनिक, बिक्यू, माइक्रोम्याक्स, हुवावे, जियोनी, अल्काटेल, एलजी, जोलो, लाभा, सोनी, माइक्रोसˆट, नोकिया लगायत दुइदर्जन बढी ब्राण्डका मोबाइल तथा स्मार्टफोनहरु उपलब्ध हुने छन् ।

मोबाइलका अलवा यो मल्टिब्राण्ड सोरुमबाट बिभिन्न कम्पनीका क्यामेरा, ल्यापटप, सिसिटिभी, साउण्ड सिस्टम, राउटर, आइप्याड लगायतका विद्युतिय सामग्रीहरु पनि बिक्री कम्पनीले जनाएको छ ।

unnamedबिभिन्न जेन्युअन एशेसरिज समेत उपलब्ध यस वल्ड भिजन प्रालिले ग्राहक तथा अाफ्ना सेबाग्राहीलाई ध्यान दिएर सोरुमबाट केयर सुबिधा, वाइफाइ लगायत एक्सचेन्जको सुबिधा दिने ब्यबस्था मिलाएको राईले जानकारी दिए ।

६० मिनेट केयर सर्भिस, एक्सचेन्ज अफर, हात खाली नजाने उपहार, सोनी इरिक्सन केयर सेन्टर खोलेर ग्राहकहरुलाई सुबिधा प्रदान गर्दै आइरहेको सिटिभी मोबाइलले चाबहिलको केएल टावरमा लिंक इलोक्ट्रोनिक्स, ताम्राकार कम्प्लेक्समा टप फाइब मोबाइल, ताम्राकार कम्प्लेक्समै सिटि टप भिजन र किर्तिपुरमा सिटिभी मोबाइलको आउटलेट खोलीसकेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment