Comments Add Comment

एनएमवि बैंकलार्इ आइएफसीले ५० करोड सहयोग गर्ने

Nmb, Icfc१२ माघ काठमाडौं । एनएमबि बैंकलाई विश्व बैंक समूह अन्तर्गतको संस्था इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी)ले ५० लाख अमेरिकी डलर (करिब ५० करोड रुपैयाँ) वित्तीया सहयोग प्रदान गर्ने भएको छ ।

ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम अन्तर्गत अन्तर्राष्ट्रिय व्यापार बृद्धि तथा साना तथा मझौला व्यवसायीहरुलाई वित्तीय टेवा पुर्‍याउन आइएफसीले सहयोग गर्ने भएको हो ।

यो कार्यक्रमको माध्यमबाट एनएमबि बैंकले २ सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय बैंकहरुसँग व्यापार सम्वन्ध स्थापितगर्न सक्षम हुने बताइएको छ । आइएफसीको ग्लोबल व्यापार फाइनान्स कार्यक्रमले उदीयमान बजारहरुको प्रवर्द्धन गर्नुका साथै निर्यात उन्मुख सानातथा मझौला उद्यमीहरुको तरलताका लागि बैंकहरुको क्षमता बृद्धिमा सहयोग पुर्‍याउने बैंकले जनाएको छ ।

व्यापार वित्तका क्षेत्रमा एनएमबि बैंकको बढ्दो संलग्नताले बैंकलाई नेपालको वित्तबजारको विकासकालागि आइएफसीको एक प्रमुख साझेदार बन्न सहयोग पुर्याएको एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले बताए ।

‘आइएफसीद्वारा उपलव्ध हुने सुविधाले सानाव्यवसायलाई एलसी तथा ग्यारेन्टी जस्ता सुविधा उपलव्ध गराउन बैंकलाई सहयोग पुग्ने छ ।’ पौड्यालले भने ।

नेपालका लागि आइएफसीका आवासीय प्रतिनिधि भ्यालेन्टिनो एस बगत सिंहले एनएमबि र आइएफसीबीचको साझेदारीले साना तथा मझौला उद्यमीहरुको कार्यगत पूँजीको आवश्यकतालाई समाधान गर्न र आयात भुक्तानीमा सहयोग पुग्ने बताए । ‘यसले नेपालको समस्त आर्थिक विकासलाई अगाडि बढाउन उर्जा प्रदान गर्ने छ ।’ उनले भने ।

एनएमबि बैंकसँगको साझेदारी पश्चात् आइएफसीको ग्लोबल व्यापार फाइनान्स प्रोग्राम सहयोग प्राप्त गर्ने नेपाली बैंकहरुको संख्या सात पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment