Comments Add Comment

प्रचण्ड सडकमा आए विप्लव माओवादीले सहकार्य गर्ने

१२ माघ, काठमाडौ । विप्लव नेतृत्वको नेकपा माओवादीले एकीकृत माओवादीले संविधानसभा छाडेर सडक आन्दोलनमा आए सहकार्य गर्ने बताएको छ ।

Khadka-bahadur-bk,-mao-leader

पार्टीको तर्फबाट सोमवार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा माओवादी स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्माले एमाओवादी सडकमा आए सहकार्य गर्न पार्टी तयार भएको बताए ।
सहकार्यका लागि एमाओवादीले संविधानसभा नै छाड्नुपर्ने आफूहरुको सर्त रहेको प्रवक्ता विश्वकर्माले जानकारी दिए । संविधानसभा दलालहरुको संविधानसभा भएको भन्ने माघ ११ गतेको घटनाले ब्यवहारतः पुष्टी गरेको विश्वकर्माले दावी छ ।

‘हामीलाई देखाइदिन माघ ८ मै संबिधान दिने भनेका दलहरु आफै लडेर नेपाली जनताकै बेइज्जती गरे’ बिश्वकर्माले भने ।

निरंकुशताको डटेर सामना गर्ने

विपक्षी दलहरुको विरोधका बाबजुद सभामुखबाटै विधि र प्रक्रिया मिच्ने काम भएको आफ्नो पार्टीले ठहर गरेको पनि विप्लवका प्रवक्ता विश्वकर्माले बताए ।

सवै मूल्य मान्यतालाई तोडेर सभामुखले प्रस्ताव पेश गरेको उनको भनाई थियो ।

देशमा निरंकुशता हावी भएको तर्क गर्दै विश्वकर्माले निरंकुशताको डटेर सामना गर्नुको विकल्प नभएको बताए । अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभामा आफूहरु अडिग गरेको विश्वकर्माले बताए ।

‘माघ ११ गते विगतको शान्ति सम्झौताको पूर्ण उलंघन गर्दै पूँजीवादी अधिनायकत्व प्रयोग गरी सहमति, सहकार्य र सत्ता साझेदारीको सम्पूर्ण सम्भावनाको निषेध गरियो,’- नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा सोमवार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

संसदवादभित्र सम्भावनाका खोजी गर्ने बाहना गर्नु एमाओवादी लगायतका संसदवादी बामपन्थी शक्तिका लागि मृगमरिचीका बाहेक केही हुन नसक्ने विप्लवद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उनले संसदबाट राजिनामा गरी अर्को राजनीतिक सहमतिको पक्षमा संघर्षमा उत्रन विप्लवले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment