Comments Add Comment

प्रश्नावली समितिको पहिलो बैठक १७ गते बस्ने

१२ माघ, काठमाडौ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले विपक्षी दलको विरोधका बाबजुद घोषणा गरेको प्रश्नावली प्रस्ताव समितिको पहिलो बैठक यही माघ १७ गते बस्ने भएको छ ।

बैठक शनिबार दिउँसो एक बजे बस्न लागेको हो । सो बैठकमा समितिको कार्यविधि लगायतका प्रस्तावमाथि छलफल हुने संविधानसभा अध्यक्ष सुवास नेम्वाङले जानकारी दिए ।

‘उहाँहरुले सहमतिको लागि १० दिन समय माग्नुभएको थियो, मैले ११ दिनको समय दिएको छु,’ विपक्षी दलहरुप्रति संकेत गर्दै नेम्वाङले भने ।

प्रश्नावली समितिले संविधानका नमिलेका विषयहरुलाई समेटेर प्रश्नावली तयार पारी मस्यौदा समितिमा पठाउने जिम्मेवारी पाएको छ ।

प्रश्नावली समितिको सभापति चुन्न बाँकी रहेकोले जेष्ठ सदस्य कुलबहादुर गुरुङलाई बैठकको अध्यक्षता गर्न भनिएको थियो । तर, उनले बैठकमा नआउने संकेत गरेकाले लक्ष्मण राजवंशीको अध्यक्षता बैठक बस्ने सम्भावना छ ।

नेम्वाङले आइतबार विपक्षी दलहरुको नाराबाजीका बीच प्रश्नावली समिति घोषणा गरेका थिए । एमाओवादी र मधेसी मोर्चा लगायतका दलहरुलाई पछि थप्ने गरी तत्कालका लागि ४९ सदस्यीय समिति गठन गरिएको हो ।

यद्यपी एमाओवादी मोर्चाले बहुमतीय प्रक्रियाबाट संविधान लेख्न लागिएको भन्दै प्रश्नावली समितिमा सहभागी नहुने बताएका छन् । प्रश्नावली गठन लगत्तै पत्रकारहरुसँग प्रचण्डले यसको परिणाम राम्रो हुँदैन भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment