Comments Add Comment

गुणस्तरहीन मदिरा बिक्री वितरणप्रति महेश बस्नेतको ध्यानाकर्षण

१२ माघ काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले मदिराको बिक्री-वितरण तथा गुणस्तरका पक्षमा देखिएका समस्या समाधानका पक्षमा मदिरा उत्पादक व्यवसायीहरुसँग छलफल गरेका छन ।

सोमबार उद्योगमन्त्रालयको सभाहलमा भएको सो छलफलमा मन्त्री बस्नेतलेे गुणस्तरहीन मदिरा विक्री वितरणका साथै त्यसबाट विषेश गरी अछाम लगायतका पहाडी जिल्लामा परेको यावत समस्याको बारेमा आफ्नो ध्यानार्कषण भएको बताए ।

छलफलमा नेकपा एमालेका उपाध्यक्ष भिम रावलले अछाम जिल्लामा अखाद्य मदिरा विक्रि भैरहेकाले सो कार्य तत्काल नियन्त्रण गर्न सम्बन्धीत निकायलाई आग्रह गरेका थिए ।

उनले अछामा जिल्लामा मदिराका वोतल तथा ठेउका -पेट वोटल)सार्वजनिक स्थलमा यत्रतत्र छरिएको अवस्था रहेकाले वातावरणीय समस्या निम्त्याएको उल्लेख गरे । रावलले उक्त समस्यका समाधानका लागि सम्बन्धीत निकायलाई धार्नाकर्षण गराएका थिए ।

त्यस्त,ै मदिरा उत्पादक व्यवसायिले सरकारको अनुमति प्राप्त डिस्टिलरीबाट उत्पादित मदिरा गुणस्तर भएको र अवैद्यरुपमा उत्पादित मदिरा गुणस्तरहीन भएको बताए । मदिरा उत्पादक व्यवसायिहरुले विद्यमान ऐन, नियम व्यवसायि मैत्री नभएकाले संशोधन गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment