Comments Add Comment

राष्ट्रपतिले ओलीलाई भने-सबैलाई मिलाउनुस्

१२ माघ, काठमाडौं । राष्ट्रपति रामवरण यादवले एमाले नेतृत्वलाई शीतल निवासमै बोलाएर विपक्षी मोर्चालाई समेत साथमा लिएर संविधान लेखनको काममा लाग्न सुझाएका छन् ।

rambaran-yadavराष्ट्रपतिलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्या भण्डारी र महासचिव इश्वर पोखरेल शीतल निवास पुगेका थिए ।

स्रोतका अनुसार राष्ट्रपतिले कांग्रेस एमालेले दुई तिहाई बहुमत प्राप्त शक्ति भएका आधारमा पनि अरुलाई समेत समेटेर लैजानुपर्ने बताएका थिए ।

उनले एमाओवादी र मधेशी मोर्चाको गुनासो सुनाउदै लचिलो बन्न आग्रह गरेको स्रोतले जनाएको छ । जवाफमा ओलीले आफूहरु अधिकतम सहमतिको पक्षमा रहेको भन्दै एमाओवादीको नियत संविधानसभाबाट सविधान जारी गर्ने नदेखिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment