Comments Add Comment

ओबामा भ्रमण : ‘भारतीय हात्ती’ र ‘चिनियाँ ड्रागन’

वेन दाओ

अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालमा दोस्रोपटक भारत भ्रमण गरेका छन्, जुन अमेरिकी राष्ट्रपतिको इतिहासमै पहिलोपटक हो । ओबामाको भारत भ्रमणले अन्तराष्ट्रिय समुदायबाट वृहत ध्यान आकर्षण गरेको छ । तर, यो अत्यधीक सर्तकताको अर्को रोचक पाटो के छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार दिल्ली विमानस्थलमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई अंकमाल गरेर स्वागत गरिरहँदा धेरैका आँखा स्वाभाविक रुपमा तेस्रो पक्ष अर्थात् चीनतर्फ सोझिए ।

Obama-And-Modi

अमेरिकाले विभिन्न ऐतिहासिक जटिलताका बाबजुद पनि भारतलाई आफ्नो साझेदार, अझ सहयोगी बनाउनका लागि कसरत गरिरहेको विषयलाई पश्चिमा मिडियाहरुले औंल्याइरहेका छन् । चीनको उदयलाई ‘काउन्टर’ दिने गरी एशियाको धुरी बन्ने वासिंटनको  रणनीतिलाई भारतको तर्फबाट समर्थन जुटाउन अमेरिकाले मिहेनत गरिरहेको चर्चा पश्चिमा मिडियाहरुमा छ ।

भारत, जसले विश्वको मुख्य शक्ति राष्ट्र बन्ने लक्ष्य राखेको छ, उसलाई अमेरिकी लगानी, प्रविधि र समर्थन आवश्यक छ, जसबाट उसको ‘पूर्व हेर्ने’ विदेश नीति बढ्दो चिनियाँ प्रभावलाई सन्तुलनमा ल्याउने गरी राम्रोसँग कार्यान्वयनमा आउन सक्छ  ।

यी रिपोर्टहरुका आधारमा भारत-चीन सम्बन्धलाई हेर्ने विषयमा केही पूर्वनिर्धारित र सीमित नमूना मात्र देखा पर्दछन् । पछिल्ला वर्षहरुमा अन्तराष्ट्रिय सार्वजनिक धारणा यो देखिएको छ कि यदि भारतले कुनै कदम चाल्यो भने त्यो चीनतर्फ लक्षित भएको रुपमा बुझिन्छ । योपटक पनि यही पुरातन मानसिकताले नै काम गर्‍यो जब ओबामा र मोदीले दिल्लीमा अंकमाल गरे ।

भारत चीन सम्बन्ध बारेको यो बनावटी सोचाइ पश्चिमाहरुद्वारा सिर्जना गरिएको र अफवाह फैलाइएको हो, जसको ध्येय नै ‘चिनियाँ ड्रागन’ र ‘भारतीय हात्ती’लाई प्राकृतिक दुस्मनका रुपमा लिन्छ । पश्चिमाहरुको सशक्त प्रचार अभियानका कारण यो सिद्धान्तलाई भारतीय तथा चिनियाँ जनताले समेत विश्वास गर्ने तहसम्म पुर्‍याइएको छ । यद्यपि यो धारण चीनभन्दा भारतमा बढी लोकप्रिय छ ।

ठूलो छिमेकीले सिर्जना गरेको ‘खतरा’प्रति पूर्ण तयार रहन पश्चिमाहरुले भारतलाई उक्साइरहेका छन् । भारत र चीनबीच अहिले पनि विभिन्न सीमा समस्या रहेको र भविश्यमा वृहतरुपमा विभिन्न तहमा यस विषयमा छलफल हुने तथ्यका बीच यसलाई भारत र चीनवीचको कथित दुस्मनीको विषयलाई पश्चिमा मिडियाहरुले हेडलाइन बनाउन छाड्ने छैनन् ।

यद्यपि जाल भनेको जाल नै हो । कलात्मक तरिकाले बिछ्याइएको किन नहोस्, यो अन्ततः उदांगो हुनै नै छ । विशिष्ट विषयका विवादहरुलाई एक ठाउँमा राखेर चीन र भारतले यो कुरा दिमागमा राख्नुपर्छ कि उनीहरुले द्वीपक्षीय सम्बन्धले जीवन वा मृत्युको संघर्षलाई आधारभूमिका रुपमा ग्रहण गर्न सक्दैन ।

भारत र चीनबीचका साझा स्वार्थहरु यी दुई देशका मतभिन्नता भन्दा निकै वृहत छन् । दुबै देश उदीयमान शक्तिराष्ट्र भएको र अन्तराष्ट्रिय समुदायमा महत्वपूर्ण शक्तिका रुपमा स्थापित हुने प्रगाढ सम्भावना रहेको हुँदा चीन र भारतले दुस्मनीका लागि भन्दा सहकार्यका लागि धेरै भाग छुट्टाउनुपर्छ । यो समझदारी द्वीपक्षीय सम्बन्धका लागि आधारभूत कुरा हो ।

चीन र भारत दुबैले चाहेको हात लाग्यो शुन्य हुने ‘जीरो सम गेम’ होइन । तथापि पश्चिमाहरुको प्रभावमा परेर भारत यो खेलतर्फ अग्रसर हुँदैछ ।

भारत र चीनबीच विभिन्न विषयमा असहमति विद्यमान रहे पनि बेइजिङ र नयाँ दिल्ली वृहत स्वार्थको रक्षा हुने गरी सहकार्यको बटमलाइनमा आउनै पर्छ ।

(स्रोत : चिनिया ग्लोबल टाइम्सबाट भावानुदित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment