Comments Add Comment

यी हुन् नेपालका १० उत्कृष्ट सुपथ मूल्यका होटल

Backyard Hotel

१३ माघ, काठमाडौं । नेपाल भ्रमणमा आउने पर्यटकहरुले बाहिर भन्दा राजधानीमा सञ्चालित होटलबाट आफुले चाहेको मूल्यमा सेवा पाउने गरेका छन् ।

प्रख्यात ट्राभल अनलाइन ‘ट्रिप एडभाइजर’ सार्वजनिक गरेको पछिल्लो सूचीले यस्तो देखाएको हो । यस वर्ष नेपालका उत्कृष्ट १० ‘बार्गेन’ होटलको सूचीमा पर्नेमा ६ वटा राजधानीमा सञ्चालित होटल छन् ।

नेपाल भ्रमणमा आएका पर्यटक र होटल व्यवस्थापनबीच सेवाको मूल्यमा गरिएको सम्झौताका आधारमा ट्रिप एडभाइजरले उत्कृष्ट बार्गेन होटलहरु छनौट गरेको हो ।

प्रमुख पर्यटकीय गन्तव्य पोखराबाट ४ वटा होटलहरु उत्कृष्ट बार्गेन होटलमा पर्न सफल भएका छन् । सौराहा, लुम्बिनी, जनकपुर, विराटनगर, नेपालगञ्ज, बर्दिया, धनगढी, नगरकोट, धुलिखेल लगायतका पर्यटकीय गन्तव्यमा धेरै होटलहरु सञ्चालनमा रहेपनि उत्कृष्ट बार्गेनको सूचीमा भने पर्न सकेनन् ।

पर्यटकले खोजेको मूल्यमा प्राप्त गरेको सेवा-सुविधाको समिक्षाका आधारमा टि्रप एडभाइजरले हरेक वर्ष विश्वभरका बार्गेन होटलहरुको सूची सार्वजनिक गर्छ ।

यो पनि पढ्नुहोस्- नेपालका १० उत्कृष्ट होटल 

सामान्यतया पोखरा महंगो ठाउँ भनेर चिनिए पनि पर्यटकले भने सुपथ मूल्यका होटलहरु पोखरामै फेला पारेका छन् । काठमाडौं र पोखराका होटलमा प्राइस वार चल्ने हुँदा पर्यटकले भनेकै मूल्यमा आफ्ना सेवाहरु बिक्री गर्ने गरेको होटल ब्यबसायीहरु बताउँछन् ।

यी हुन् नेपालका उत्कृष्ट १० बार्गेन होटल

Hotel Dream Pokhara
१) होटल ड्रिम पोखरा ।
Hotel Silver Home, Kathmandu
२) होटल सिल्भर होम, काठमाडौं ।
Hotel Encounter Nepal
३) होटल इन्काउन्टर नेपाल, काठमाडौं ।
Sacred velly in Pokhara
४) स्याक्रेड भेली इन, पोखरा ।
Trekers Home
५) ट्रेकर्स होम, काठमाडौं ।
Hotel trekers Inn
६) होटल ट्रेकर्स इन पोखरा ।
Shree Tibet Family Gest House
७) श्री टिबेट फेमिली गेष्ट हाउस, काठमाडौं ।
Backyard Hotel
८) ब्याकवार्ड होटल, काठमाडौं ।
Kathmandu Friendly Home
९) काठमाडौं फ्रेन्ड्ली होम, काठमाडौं ।
Sampada Inn
१०) सम्पदा इन पोखरा, पोखरा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment