Comments Add Comment

भारतीय दूतावासमा ओली र प्रचण्ड आमने-सामने (फोटो कथा)

Leaders-with-Ranjit-Ray

१२ माघ, काठमाडौ । केही दिनदेखि एक अर्कामाथि सत्तोसराप गर्दै हिँडेका एमाले अध्यक्ष केपी ओली र एमाओवादी प्रचण्डले सोमबार एउटै टेबलमा बसेर चियापान गरे । वार्तामै नबस्ने घोषणा गरेका उनीहरुलाई एउटै टेबलमा बसाउने कामचाहिँ भारतीय दूताबास लैनचौरले गरेको हो ।

भारतको ६६ औं गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय दूतावासमा भएको चियापान कार्यक्रममा एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष प्रचण्ड एउटै टेबलमा बसेर चियापान गरेका हुन् ।

भारतीय दूतावासले जुटाइदिएको अवसरको सदुपयोग गर्दै दुई नेताहरु एउटै टेबलमा बसे पनि उनीहरुले एक अर्कालाई हेराहेर गरेनन् र मुख अर्कैतिर फर्काए ।

सत्तापक्ष र विपक्षका नेताहरु बाउँठिएर हिँडिहेका बेला भारतीय गणतन्त्र दिवसको अवसर पारेर नेताहरुलाई एकै ठाउँमा जुटाउन मुख्य भूमिका खेल्ने भारतीय राजदूत रे पनि दुई नेताहरुसँगै बसेका थिए ।

दूतावासको चियापानमा प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्ड पनि एकैछिन नजिकएका थिए, तर करिब ३० सेकेन्डमै उनीहरु तर्किए ।

एउटै टेबुलमा बसेर चियापान गरेका एमाले अध्यक्ष ओलीले पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई र एमाओवादी अध्यक्ष प्रचण्डले पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई साक्षी किनारा राखेको देखिन्थ्यो ।

भारतीय राजदूतसँगै एउटै मेचमा रहेका उनीहरुसँग कांग्रेस सभासद अमरेशकुमार सिंह पनि थिए ।

भारतको गणतन्त्र दिवसका अवसरमा दूतावासले आयोजना गरेको उक्त चियापान कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाका साथै विभिन्न दलका नेता, कुटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति थियो ।

Political-leaders-in-Indian

Sushil-Koirala-and-Ranjit-r

Prachand-Baburam-and-Ranjit

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment