Comments Add Comment

६ डिआईजी र २३ एसएसपीको पदस्थापन (सूची सहित)

१२ माघ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६ डिआईजी र २३ एसएसपीको सोमबार पदस्थापन गरेको छ ।

Nepal-Policeदुई साताअघि बढुवा भएका रणबहादुर चन्दलाई अपराध अनुसन्धान विद्यालयमा पदस्थापन गरिएको छ । उनको साविक दरवन्दी लागु औषध नियन्त्रण व्यूरो नयाँबानेश्वर हो ।

यसैगरी हेमन्त पाललाई प्रहरी प्रधान कार्यालय कार्यविभाग, गोविन्द प्रसाद निरौलालाई सुरक्षा सेवा निर्देशनालय, रोमेन्ऽसिंह देउजाको मानवस्रोत विकास विभाग, विजयकुमार भट्टलाई राष्ट्रिय सुरक्षा परिषदमा र डा. अजित गुरुङलाई नेपाल प्रहरी अस्पताल महाराजगन्जमा पदस्थापन गरिएको छ ।

मन्त्रीस्तरको निर्णयबाट प्रहरी नायव महानिरीक्षकहरुको पदस्थापन भएको हो ।

सोमबार नै २३ जना एसएसपी अर्थात् प्रहरी वरिष्ठ उपरिक्षकहरुको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

डिआईजी बढुवामा नपरेका सुबोध घिमिरेलाई बैदेशिक महाशाखामा र सुदीप आचार्यलाई अञ्चल प्रहरी कार्यालय वाग्मतीमा सरुवा गरिएको छ । यसअघि घिमिरे अञ्चल प्रहरी कार्यालय वाग्मतीमा र आचार्य विपद व्यवस्थापन शाखामा थिए ।

यसैबीच गृहमन्त्रालयले जनपद प्रहरी तर्फ रिक्त रहेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा मोहनराज जोशीलाई बढुवा गर्न प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment