Comments Add Comment

यी हुन् विश्वका सबैभन्दा मोटा मान्छे बस्ने देशहरु, नेपाल पुछारबाट दोश्रो

fat-main
विश्वमा मोटोपना मुख्य स्वास्थ्य समस्याको रुपमा बढ्दै गएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वका आधा अर्ब वयस्क मानिसहरु मोटोपनाबाट ग्रसित छन् ।

मोटोपनाको यो दर आजभन्दा २० वर्ष अघिको भन्दा दोब्बर हो । विश्वमा विकशित देशहरुलाई आफ्ना जनता मोटाउँदै जानु टाउको दुखाइको मुख्य कारक बन्नुका साथै स्वास्थ्य क्षेत्रमा हुने राष्ट्रिय खर्च समेत चुलिँदै छ । यद्यपि विकाशशील देशहरु समेत यो समस्याबाट अछुतो छैनन् ।

विश्व स्वास्थ्य संगठनले विश्वमा बढ्दै गएको मोटोपना र यसले गरेको मानवीय क्षतिका विषयमा हालै एक रिपोर्ट सार्वजनिक गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण प्रशान्त महासागरीय टापु राष्ट्रहरु, पूर्वी अस्ट्रेलियाका देशहरुका साथै फिजी विश्वमा सबैभन्दा बढि मोटोपना भएका देशहरु हुन् । प्रशान्त महासागरिय टापु राष्ट्र अमेरिकन सामोआ विश्वमा सबैभन्दा बढि मोटोपनाको दर भएको देश बनेको छ । उक्त देशका ७५ प्रतिशत मानिसहरु मोटोपनाबाट ग्रसित छन् ।

धेरै नागरिकहरु मोटोपनाबाट ग्रसित रहेको देशको सूचिमा नाउरु र कुक आइल्याण्ड दोश्रो तथा तेश्रो स्थानमा रहेका छन् । अस्ट्रेलिया महादेशमा पर्ने नाउरुका ७१ प्रतिशत मानिसहरु मोटोपनाबाट ग्रसित छन् भने कुक आइल्याण्डमा मोटोपनाको दर ६३ प्रतिशत रहेकेा छ ।

table

सबैभन्दा बढि मोटोपना रहेको मुलुकमध्ये चौथो स्थानमा टोकेलाउ, पाँचौमा टोगा, छैटौँमा सामोआ, सातौँमा पलाउ, आठौँमा किरिबाटी र नबौँमा मार्शल आइल्याण्ड रहेका छन् । बढि मोटोपना रहेका देशहरुको दशौँ स्थानमा मध्यपूर्व एसियाको मुलुक कुवेत दशौँ स्थानमा रहेको छ ।

प्रशान्त महासागरीय यी टापु राष्ट्रहरु दोश्रो विश्वयुद्धपछि अस्ट्रेलिया, अमेरिका, न्युजिल्याण्ड, ब्रिटेन तथा फ्रान्स लगायतको उपनिवेशमा रहेको हुँदा ती विकशित राष्ट्रहरुको खानपान र जिवनशैली प्रवेश गरेकोले त्यहाँका जनतामा मोटोपना बढेको विज्ञहरुले बताएका छन् ।

शोधकर्ताहरुका अनुसार उपनिवेश जमाउने राष्ट्रहरुले ती टापु राष्ट्रका जनतालाई सभ्य बनाउने नाममा आफ्नो खानपान र जिवनशैली सिकाएका र अन्ततः ती टापु देशका जनताहरु आफ्नो खानपान र रहनसहनबाट विमुख भै आयातित खाद्यान्न तथा शौखिन जिवनशैलीमा रमाउँदै जाँदा मोटोपनाबाट पीडित बनेको बताइएको छ ।

अमेरिका, बेलायत, क्यानडा तथा अस्ट्रेलिया लगायतका विकशित देशहरुमा मोटोपनाको दर औषतमा २५ प्रतिशत भन्दा बढि रहेको तथ्यांकले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा पुरुष भन्दा महिलाहरु मोटोपनाबाट बढि पीडित छन् ।

अफ्रिका, दक्षिणपूर्वी एसिया, पूर्वी भुमध्यसागरीय क्षेत्र लगायतका देशहरुमा मोटोपनाबाट ग्रसित महिलाहरुको संख्या पुरुषको भन्दा दोब्बर छ । दक्षिण पूर्वी एसिया क्षेत्र मोटोपनाबाट सबैभन्दा कम प्रभावित क्षेत्र रहेको छ । यो क्षेत्रका केवल २२ प्रतिशत मानिसहरुमा मात्र मोटोपना छ ।

विश्वस्वास्थ्य संगठनका अनुसार मोटोपनाबाट सिर्जित रोगहरुका कारण विश्वमा वर्षेनी ३४ लाख वयस्कहरुले ज्यान गुमाउने गर्छन् ।

नेपाल विश्वकै दोश्रो मोटोपना कम भएको देश

fat-women
विश्व स्वास्थ्य संगठनका अनुसार मोटोपना बढि भएका देशहरुको सूचिमा नेपाल पुछारबाट दोश्रो स्थानमा छ । सबैभन्दा कम मोटोपना भएको देशका रुपमा दक्षिण एसियाली मुलुक बंगलादेश र अफ्रिकी मुलुक इथिओपिया संयुक्त रुपमा पहिलो स्थानमा रहेका छन् । यी दुबै मुलुकका केवल १ प्रतिशत मानिस मात्र मोटोपनाबाट ग्रसित छन् । कम मोटोपना भएको देशको दोश्रो नम्बरमा नेपाल छ । नेपालमा सयमा झण्डै दुइ जना (१.७ प्रतिशत) मानिस मोटोपनाबाट ग्रसित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

रिपोर्ट अनुसार नेपाल, बंगलादेश तथा इथिओपिया जस्ता देशमा बहुसंख्यक मानिसहरुले आफुलाई चाहिने पर्याप्त क्यालोरीयुक्त खाना नपाएको र आवश्यक खाद्यान्नका लागि समेत संघर्ष गर्नुपरेको छ । यी देशका मानिसहरु आफ्नो शारीरिक तथा बौद्धिक विकाशका लागि आवश्यक भिटामिन तथा लवणयुक्त खानामा पहुँचका लागि समेत संघर्ष गर्नुपरेको छ । यी देशहरुमा जनसंख्या तिब्र गतिमा बढिरहेको र खाद्यान्नको माग समेत उच्च दरमा बढिरहेको हुँदा मानिसहरुलाई पर्याप्त खाद्यान्नकै अभावका कारण मोटोपना बढ्न नपाएको र उल्टै कुपोषणको जोखिम रहेको संगठनको ठहर छ ।

नेपाल र बंगलादेशमा मात्र होइन समग्र दक्षिण एसियामै मोटा मानिसहरुको अभाव देखिएको छ । भारतमा केवल सयमा ३ जना मानिसमा मात्र मोटोपना रहेको तथ्यांकले देखाएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment