Comments Add Comment

७० वर्षमा छोरा जन्माएकी बुढीआमाको कथा (फोटोकथा र भिडियो)

world old man son (3)सायद हरेक महिलाको सपना जिन्दगीमा आमा बन्ने र आफ्नो कोखमा बच्चा हुर्काउने हुन्छ । बच्चा पाउने र हुर्काउने प्रजनन उमेरमा हो । तर डाँडापारीको जून बनिसकेको विसर्जनकालीन उमेरमा समेत कतिपय महिलालाई सन्तान जन्माउने इच्छा हुँदोरहेछ ।

भारतको उत्तर प्रदेशकी एक जना महिलाले ६ वर्ष पहिले ७० वर्षको उमेरमा जुम्ल्याहा बच्चा जन्माइन् । ओमकारी सिंह नामकी ती महिला यति पाको उमेरमा बच्चा जन्माउने सायद विश्वकी एकमात्र महिला हुन् ।

जुम्ल्याहा बच्चा जन्मिएपछि उनले एउटाको नाम आकाशवाणी राखिन् र अर्कोको नाम वर्षात राखिन् ।

दुखेको कुरा जुम्ल्याहा छोरामध्ये वर्षात केही समयमै मृत्यु भयो । त्यसपछि उनको कोखमा एकमात्र छोरा बाँकी रह्यो, आकाशवाणी । बुढेशकालमा जन्मिएको त्यो छोरा ओमकारी र उनका पति चरणको सर्वस्व बन्यो ।,

ओमकारीको उमेर अहिले ७६ वर्षको पुगेको छ भने पति चरणमा ८९ वर्षका छन् । बुढ्यौली बढ्दै जाँदा बालक छोराको स्याहार गर्न ओमकारीलाई अप्ठेरो हुन थाल्यो । बुवा चरणले त छोरालाई उचाल्न पनि सक्दैनन् ।
world old man son (5)

ओमकारी र चरणले उमेरमै एक छोरी जन्माएका थिए । छोरी जन्माएपछि अर्को सन्तान जन्माउन ठूलै कोसिस गरे तर गर्भ रहेन । उमेर ढल्किँदै गयो । तर यो दम्पतिको छोरा जन्माउने चाहना भने मरेन ।

८० कटेका लोग्ने र ७० वर्षकी स्वास्नीबाट प्राकृतिक सहवासका माध्यमबाट गर्भ रहन सम्भव थिएन । त्यसैले उनीहरुले टेष्टट्युब विधिबाट गर्भ राखेका हुन् र छोराको चाहना पूरा गरेका हुन् ।

बुढो उमेरमा बच्चा हुर्काउन निकै गाह्रो हुने अनुभव ओमकारीको छ । बच्चाको पछि कुँद्न, खाना बनाउन तथा दौडिएर हरेक काम गराउन निकै कठीन हुने उनी बताउँछिन् ।
तर उनले जसोतसो छोरा हुर्काएकी छिन् र छोरा हुर्काउनका लागि उनकी छोरी कमलाले सहयोग पनि गरेकी छिन् ।

छोरी कमलाको उमेर ५० वर्ष पुगिसकेको छ । आफुहरु मरेपनि छोरीले आफ्नो भाइलाई पालनपोषण गर्नेमा ढुक्क छिन् ओमकारी ।

सास रहुन्जेल आस भनिन्छ नी । ८९ वर्षका चरण आफ्नो छोराको बिहे गरेर मात्र मर्न चाहन्छन् । बल्ल ६ वर्ष पुगेका छोरा आकाशवाणीको बिहे कहिले हुने हो थाहा छैन, तर बुहारी भित्राउने पाउने आशा चरणको छ । आफुले धेरै समय छोरासँग बिताउन पाउँ भन्ने चाहना उनको छ । इण्डिया टाइम्स तथा मिरर अनलाइनको सहयोगमा ।

world old man son (1)

world old man son (2)

world old man son (4)

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment