Comments Add Comment

अब प्लस टुमा पनि ग्रेटिङ सिस्टम

HSEB-Nepal१३ माघ, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले १० जोड २ (कक्षा ११ र १२) मा लेटर ग्रेटिङ प्रणाली लागू गर्ने योजना अघि बढाएको छ । लेटर ग्रेटिङ प्रणाली लागू गर्दा विद्यार्थीको शैक्षिक प्रमाणपत्र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाका लागि प्रभावकारी हुने भन्दै परिषद्ले गृहकार्य अघि बढाएको राजधानीमा खबर छ ।

विश्वविद्यालय र विद्यालय तहमा लेटर ग्रेटिङ प्रणाली लागू भएपछि १० जोड २ मा पनि लागू गर्ने योजनालाई अघि सारिएको उच्च माध्यमिक शिक्षा परिषदका सहसचिव नारायण कोइरालाले बताए ।

यसलाई कुन मोडलमा लागू गर्ने भन्ने विषयमा शिक्षामन्त्रीस्तरीय बैठकमा आइतबार छलफल भएको बताएँदै सहसचिव कोइरालाले भने, ‘विज्ञ तथा सरोकारवालासहितको उच्चस्तरीय कार्यदल गठन गरेर सुझाव लिइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment