Comments Add Comment

एयरबस तालिम पूरा गर्न नसकेर तीन क्याप्टेन फिर्ता

१३ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमले यही महिनाभित्र प्राप्त गर्ने नयाँ जहाजको तालिम लिन गएका आधा दर्जन वरिष्ठ क्याप्टेन (पाइलट) मध्ये तीन जना तालिम ‘पूरा गर्न नसकेपछि’ फिर्ता भएका छन् ।

Nepal-Airlines-Airbusनिगम उच्च स्रोतका अनुसार वरिष्ठ क्याप्टेनहरु सन्तोष शर्मा, दीपकनरसिंह राणा र महेश्वरमान डंगोल एयरबसको तालिम पूरा गर्न नसकेर फिर्ता भएका हुन् । ती मध्ये राणा र डंगोल काठामाडौं आइसकेका छन् भने शर्मा आइपुगेका छैनन् । ‘एकथरी जहाज उडाइरहेका क्याप्टेनलाई पूर्वतयारीबिना अर्कोथरी जहाज उडाउन तालिममा पठाउनु नै निगम व्यवस्थापनको गल्ती हो,’ स्रोतले सोमबार भन्यो, ‘तीनैजना वरिष्ठ क्याप्टेनले तालिम पूरा गर्न नसक्नु भनेको प्रशिक्षक पाइलट (आइपी) ले तालिमका लागि पाइलट छनोट गर्नुपर्नेमा व्यवस्थापनले छनोट गरेर अर्को गल्ती गर्दाको नतिजा हो ।’

निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेका दुईवटा ‘ए ३२०-२००’ सिरिजका जहाज उडाउन आवश्यक पाइलट तयार गर्नका लागि यहाँ उडाइरहेका मध्ये तीन सेट (६ जना) लाई गत पुस १४ मा तालिम लिन फ्रान्स पठाएको थियो । उनीहरुले यहाँ निगमको ‘बोइङ ७५७’ सिरिजका जहाज उडाइरहेको नागरिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment